Home » निर्वाचन » Page 5
Category:

निर्वाचन

रूपन्देही  एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोब्बर मत अन्तरले निर्वाचित पौडेलका सामु यो निर्वाचन त्यति सहज भने देखिँदैन। उक्त निर्वाचनमा नेपाली कांग्रेसका नेता युवराज गिरी उहाँका मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो। तर अहिले नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा प्रतिस्पर्धामा हुनुहुन्छ।

२०७४ सालको निर्वाचनमा तेस्रो भएको जनमुक्ति पार्टीबाट केबी पुन प्रतिस्पर्धामा हुनुहुन्थ्यो। यो निर्वाचनमा जनमुक्तिले केन्द्रीय कार्यकारी अध्यक्ष थापालाई उम्मेद्वार बनाएको छ। एमाले उपाध्यक्ष पौडेललाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन छ भने …

0 comment
0 FacebookTwitterEmail

उत्तरी नाका रसुवागढी रहेको रसुवामा निर्वाचनको गर्मी मज्जैले लागेको छ। हिमाली जिल्ला भएको कारण जिल्लाको उत्तरी भेगमा राम्रै जाडो उकालो लागिरहेको छ। तर, यही बढ्दो चिसोमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको गर्मी भने बढ्दो रहेको छ। रसुवामा मुख्यगरी गठबन्धनका उम्मेदवारसँग एमालेको उम्मेदवारको प्रमुख प्रतिस्पर्धा हुनेछ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य र नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। आचार्य २०७४ को निर्वाचनमा नेकपा एमालेका जनार्दन ढकाललाई पराजित गरी निर्वाचित हुनु भएको थियो। आचार्य दोहोरिने दाउमा हुनुहुन्छ भने २०७० को दोस्रो संविधान सभामा समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका तामाङ पनि पहिलो पटक प्रत्यक्षतर्फ …

 रसुवा : हिमाली चिसोमा निर्वाचनको गर्मी
0 comment
0 FacebookTwitterEmail

मङ्सिर ४ गतेको निर्वाचनका लागि दलहरू प्रचारमा व्यस्त भइरहदा मोरङ पथरी शनिश्चरे–९ कुसेका ७५ बर्षिया रामबहादुर लिम्बूलाई न चुनावको चटारो छ, न उम्मेदवारप्रति कुनै आशा। विगतका आश्वासन कसैले पनि पुरा नगरेपछि लिम्बुलाई यस पटकको उम्मेदवारको चुनावी मुद्दाले छुन सकेको छैन।

“सधैँका अधुरा आश्वासनले यस क्षेत्रका हामी आजित छौ।” लिम्बू भन्नुहुन्छ, “प्रत्येक चुनावमा हाम्रा समस्या उम्मेदवारका मुद्दा बन्छन्, जितेर गएपछि नेताले आफ्नो प्रतिबद्धता भुल्छन् ,हाम्रो समस्या ज्यू का त्युँ।”

लिम्बूको परिवार कुसेमा २०३५ सालदेखि बसोबास गर्दै आएको छ। तर पनि वर्षेदेखि भोगचलन गर्दै आएको १० कट्ठाको धनीपुर्जा लिम्बुको हातमा छैन। त्यसैले पनि उहाँलाई नेताको भाषण र आश्वासनले छुन छाडेको छ।

सङ्खुवासभाबाट …

चालीस वर्षदेखि आश्वासन, नेता फेरिए तर माग पूरा भएन
0 comment
0 FacebookTwitterEmail

कांग्रेस पकड क्षेत्र भएर पनि कहिले राष्ट्रिय नेतालाई भोट हाल्नु परेको कारण त कहिले आफ्नै उम्मेदवार उठाउन नपाएका पीडाले कांग्रेसी नेता कार्यकर्ताबाट हुने विरोधले हरेक चुनावमा चर्चामा रहने क्षेत्र हो चितवनको निर्वाचन क्षेत्र नम्बर ३। मंसिर ४ को निर्वाचनको लागि त चितवन ३ मा देशका मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका आफ्नो चिन्हबाट मत माग्ने प्रतिनिधिसभा उम्मेदवार नै छैनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने चर्चा भयो, गठबन्धनमा क्षेत्र सुनिश्चित पनि गरियो। तर, अन्तिम समयमा उहाँ गोरखा जानुभयो। उम्मेदवारी दर्ता गराउनु भएका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी एमाले अध्यक्ष केपी ओली स्वयंले फिर्ता लिइदिनुभयो।…

चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार 
0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी अर्घाखाँचीमा सत्ता गठबन्धका साझा उम्मेदवार कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल तथा एमालेका सचिव टोप बहादुर रायमाझी बिच प्रतिस्पर्धा हुने भएको छ।

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जना बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछि प्रत्यक्ष चुनाव लड्न लाग्नुभएकी पुष्पा भुसाल र १५ वर्षदेखि निरन्तर सांसद रहँदै आउनुभएका रायमाझी पहिलो पटक आमनेसामने हुनुहुन्छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट  क्षेत्र नं २ मा भुसाल निर्वाचित हुनुभएको थियो भने २०७४ मा  समानुपातिक सांसद बन्नु भएको थियो। यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ भने २०७४ सालको निर्वाचनमा एमालेसँगको …

‍अर्घाखाँचीमा पुष्पालाई गठबन्धको भर, टोप बहादुरलाई एमालेकै डर
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहका जनप्रतिनिधिहरूले पद तथा साधन स्रोतको सम्भावित दुरुपयोगलाई रोक्न निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि कडा आचारसंहिता बनाएर लागू गरेको छ। स्थानीय पालिकाका प्रमुखहरूले आफ्नो पालिकाको स्रोत साधनलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न रोक्न आयोगले आचारसंहिता बनाए पनि त्यसको पूर्णपालना नभएको पाइएको छ।

जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले आचारसंहिता उलङ्घन गरेको पाइएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिमा नुवाकोटमा आचारसंहिता उलङ्घनका आठ वटा उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृत संयोजक रहने आचारसंहिता अनुगमन समितिमा उजुरी परेको बाहेक अन्य गतिविधि अनुगमन गरी आचारसंहिता उल्लङ्घनकर्ताहरूलाई कारवाहीको प्रयास नगरेको गुनासो पनि आइरहेको छ। तर, उजुरी परेको बाहेक अन्य गतिविधिहरूलाई पनि नजिकबाट नियालिरहेको …

आचारसंहिता उलङ्घन गर्दै नुवाकोटका जनप्रतिनिधिहरू
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ ।

निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो–‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उहाँले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरूको कर्तव्य हुने बताउनुभयो । आचारसंहिता कार्यान्वयनका …

आचारसंहिता सबैलाई समान:  निर्वाचनआयुक्त रामप्रसाद भण्डारी
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो।

सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधरको भनाई थियो । तुलाधरले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधरले भन्नुभयो, “आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छ …

0 comment
0 FacebookTwitterEmail

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो।

उहाँले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिनुभयो। थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गर्नुभयो। निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, र  निष्पक्ष बनाउन  आचारसंहिताको कडा कार्यान्वयन गर्न  सबै पक्षलाई निर्देशन दिँदै आएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु नहुने तथा विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ। तर  आचारसंहिताको उल्लङ्घनका घटनाहरू सार्वजनिक हुने क्रम पनि उत्तिकै छ।

आयोगले लाभको पद धारण गरेका सरकारी कर्मचारीले निर्वाचन आचारसहिंता उल्लंघन गर्दै पदीय दायित्व विपरीत लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको पाइएमा कारवाही गर्ने बताएको छ। तर विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा शिक्षकले पदीय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved