संवैधानिक पदमा पहिला पनि नियुक्ति भए, भइरहेका छन्, हुनेवाला छन् र भइ नै रहने छन् । २०६३ साल अघिसम्म यस्ता नियुक्तिका लागि उमेर, अनुभव, शिक्षा, राजनीतिक दलको सदस्यता भए नभएको जस्ता वस्तुगत योग्यताहरू मात्र तोकिएका थिए । २०६३ सालको अन्तरिम संविधान देखि उपरोक्त योग्यताका अतिरिक्त उम्मेदवारको ‘उच्च नैतिक चरित्र’ (उनैच) हुनुपर्ने विषयगत योग्यता पनि तोकिएको छ ।
त्यसयताकाका नियुक्तिलाई नियाल्दा उम्मेदवारको ‘उनैच’ का सम्बन्धमा सिफारिसकर्ता संवैधानिक परिषद् र सुनुवाईकर्ता संसदीय समितिबाट कुनै परीक्षण गरिएको थाहा पाइएको छैन । पदासीन भइसकेपछि भने पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीका हकमा ‘नैतिक चरित्र’ को विवाद उत्पन्न भएर अदालतले निरोपण गर्नुपर्ने अवस्था आयो । …
