Home » वातावरण/जलवायु » Page 34
Category:

वातावरण/जलवायु

भारतको बिहारमा अप्रत्याशित रूपमा लामो गर्मीको लहरले लिची र आँपजस्ता ग्रीष्मकालीन फलफूलको उत्पादनमा मात्र प्रभाव पारेको छैन त्यसले ती फलको स्वादमा समेत असर गरेको छ । बिहार कै मुजफ्फरपुरमा रहेको राष्ट्रिय लिची अनुसन्धान केन्द्र (एनआरसीएल) ले बढ्दो तापक्रमलाई ध्यानमा राख्दै बगैंचामा सिँचाइ गर्न किसानलाई सल्लाह दिएको छ। किसानहरूका अनुसार पहिला यस्तो हुन्थेन।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण पानी पर्ने समयमा फेरबदल र मौसममा गडबडी हुँदा खेती लगाउन समस्या हुने,  भूक्षय र बाढी पहिरोका घटना बढ्नाले माटोको उर्वरा शक्ति घट्नाले कृषि उत्पादनमा ह्रास हुने अनि नयाँ खालका कीटाणु तथा रोगव्याधी निस्किएर बालीनालीलाई क्षति  हुने जस्ता खेति किसानी मारमा पर्ने कुरा बताउँदै आएका

उफ !  किन यस्तो गर्मी?
0 comment
0 FacebookTwitterEmail

‘‘ मेरो नाम जानकी महतो हो। मेरो घर सिरहाको नगरपालिकामा हो। पहिला हाम्रो खेतहरूमा प्रशस्त घोँगी, माछाहरू पाइन्थ्यो। त्यही मारेर जिविकोपार्जन हुन्थ्यो। तर अहिले पानीको मुहान सुक्दै गएका छन्। घोगी, माछाहरू पाइन छाडेका छन्।”

“ मेरो नाम सन्तोषीकुमारी राम हो। म पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बस्छु। पानी चाहिने समयमा नपरेर नचाहिने बेलामा पर्छ। जसले एक त समयमा अन्न बाली रोप्न पाउँदैनौ र रोपी हाले पनि भित्राउने बेलामा कहिले बाढी आइदिन्छ। जलवायु परिवर्तनको असर सबैलाई नै छ तर विशेष गरि कृषिमा भर पर्ने किसानको जनजीवन नै अस्तव्यस्त बनाएको छ।”

विश्व वातावरण दिवसका अवसरमा काठमाडौँको एक्सनएड इन्टरनेसनल नेपालले जलवायु न्यायका लागि शुरु

0 comment
0 FacebookTwitterEmail

टोल छिमेकका स्कुलबाट निक्लेका भुराहरू प्लाष्टिकका पन्जा लगाएर बाटोघाटोमा फालिएका प्लास्टिक टिपेर प्लाष्टिककै झोलामा हाल्दै गरेको आज देख्नु भयो भने अचम्म नमान्नुहोस्। किनकी आज जुन ५ हो । विश्व वातावरण दिवस। तल्लो तहका झोले नेतादेखि राष्ट्रपतिसम्मले आज त्यसैको शुभकामना दिएको खबर छरिएको छ। वातावरणसम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम दिनभरजस्तो छ। संसारभरि नै यस्तै भइरहेको छ। शक्तिशाली पेट्रोलियम र पेट्रोकेमिकल उद्योगहरूको व्यापारिक स्वार्थका अगाडि यसरी मनाइने दिवसहरू प्लास्टिक उत्सवका रूपमा सीमित हुन्छन्। प्लाष्टिकका बोतलमा कथित मिनरल वाटर र पेयपदार्थको घुटको लिदै मनाइने उत्सव।   

खासमा वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको तालुकदार अड्डा युएनइपीले आजका लागि दिएको नारा ” सोलुसन टु प्लास्टिक पोलुसन

0 comment
0 FacebookTwitterEmail

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको छ। अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने वातावरण पत्रकार समूहले जनाएको छ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांकका आधारमा मूल्यांकन गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको बताइएको …

वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई
0 comment
0 FacebookTwitterEmail

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको नेपाल वातावरण पत्रकार समुह (नेवापस) ले जनाएको छ । वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको संरक्षण विरोधी यस कार्यक्रमको विरोध गर्ने नेपाल वातावरण पत्रकार समुहद्वारा आज प्रकाशित वक्तव्यमा जनाइएको छ ।

नेपाल वातावरण पत्रकार समुहका अनुसार निर्माण सामग्री निकासी गरेर बजेट घाटा न्यूनीकरण गर्ने गलत तथ्य अघि सारिएको छ। बजेटमा चुरे वा सिवालिक पर्वत भन्ने शब्द उल्लेख नगरिएको भए तापनि यस्ता पदार्थको निकासीको सबैभन्दा ठूलो प्रभाव चुरे क्षेत्रमा नै पर्ने …

0 comment
0 FacebookTwitterEmail

भारतको राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ। यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ। हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य …

0 comment
0 FacebookTwitterEmail

सुपर टाइफुन मवार अमेरिकातर्फ बढ्दै तीव्र गतिमा फैलिएको छ। विनाशकारी आँधीबेरी, उच्च हावा , वर्षा र बाढीका साथ क्षेत्र गुआम २० वर्ष भन्दा बढीको सबैभन्दा शक्तिशाली हुन सक्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन् । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले कंक्रिटले नबनेका घरका बासिन्दाहरूलाई आकस्मिक आश्रयहरूमा सर्न निर्देशन दिएका छन्।

गुआमको राष्ट्रिय मौसम सेवा, साथै गुआमको उत्तर-उत्तरपूर्व करिब ४० माईल टाढा रहेको टापु रोटाले टाइफुनको चेतावनी जारी गरेको छ। मौसम अधिकारीका अनुसार सुपर टाइफुन मावारको केन्द्र हाल गुआमको दक्षिण-दक्षिणपूर्वमा छ, उत्तर-उत्तरपश्चिम तर्फ सर्दैछ।

मंगलबार (अमेरिकी पूर्वी डेलाइट टाइम) मवार आँधी एक “सुपर टाइफुन” बन्यो, जसको मतलब यो कम्तिमा १५० माइल प्रति घण्टाको …

0 comment
0 FacebookTwitterEmail

तनहुँको भानु नगरपालिका–२ ठुलोबगैंचाकी ५५ वर्षीया दिलमाया राईको मनमा साँझ पर्दैगएपछि डर पनि बढ्दै जान्छ। जंगल नजिकै सानो झुप्रोमा बस्दै आउनुभएकी दिलमायाको मनबाट चितुवाले दिएको पीडा र त्रास अझै हट्न सकेको छैन।

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, तर मनबाट डर हटेको छैन’, दिलमाया भन्नुहुन्छ, ‘अहिले चितुवाको आक्रमण त घटेको छ तर, मनबाट डर अझै हट्न सकेको छैन।’ तीन वर्ष अगाडि काँखमा खेल्दै गरेको छ वर्षको नातिलाई साँझ पर्ने बित्तिकै चितुवाले आक्रमण गरी घाइते बनाएको त्यो कहाली लाग्दो साँझको डर दिलमायाँको मनमाबाट अझै हट्न सकेको छ्रैन्।

२०७६ साउन १२ गते घरको पिंढीमा दुई दाजुभाई खेलिरहेका थिए। दिलमाया उनीहरू नजिकै बसेर …

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन’
0 comment
0 FacebookTwitterEmail

दक्षिण एसियाकै कैयौँ दुर्लभ वनस्पति एवं वन्यजन्तु पाइने ‘जलथल चारकोसे वन’ मा सरकारको ध्यान नपुग्दा यसको संरक्षणमा समस्या देखिएको छ। राज्यले संरक्षण गरेर वनको विविधताबारे जानकारी गराउँदै खोज र अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुको सट्टा सरकारी निकायको बेवास्ताका कारण वन विनाशको बाटोतर्फ लागेको स्थानीयवासीको गुनासो  छ।

जैविक विविधताको दृष्टिकोणले धनी मानिएको यो वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन्, जसका कारण यो वनलाई रुखहरूको राजधानी भनेर सम्बोधनसमेत गरिन्छ। नेपालमा सूचिकृत भएका रुखका प्रजाति पाँच सय ९८ मध्ये जलथल वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रुख पाइएको एक अध्ययनले देखाएको छ। यसमा पनि ५० प्रजातिका रुख …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा परेको छ । एयर भिजुअल सूचक आइक्यु एयरले हावाको प्रदूषण मापन गर्दा संसारकै प्रदुषित सहरको सूचीमा काठमाडौँलाई एक नम्बरमा राखेको छ । पछिल्लो समय देशैभरीको वनहरुमा लागेको डढेलोसँगैको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न सहरमा परेको छ ।

जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताउनुभयाे । पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको विज्ञहरूले बताउनुभएकाे छ । अनावश्यक बाहिर ननिस्कन तथा आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूले आग्रह गर्नुभएकाे छ।

पर्सामा एक महिनादेखि आगलागी

विगत …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved