मन के हो, यसलाई कसरी बुझ्ने वा बुझाउने भन्नेबारेमा धेरै ज्ञानी पुरुषले अनेक तरहले अर्थ्याउँदै आएका छन्। अनेक परिभाषा तयार गरिएका छन् तर आज पनि यो प्रश्न त्यत्तिकै प्रखर तवरले उभिएको छ। आजको चर्चा यही विषयमा केन्द्रित छ।
मनलाई संसारमा भएका प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रण वा परिचालन गर्ने अन्त:करणको अंश वा वृत्ति मान्न सकिन्छ। साथै यसलाई नाक,कान, आँखा आदिमार्फत थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय,अन्त:करण, चित्त, दिल, हृदय भनेर बुझ्दा पनि अन्यथा हुँदैन।
वास्तवमा मन भौतिक तर अभौतिक अवस्था हो। चित्त मनसहित सम्पूर्ण मानसिक वृत्तिहरू रोपिने, क्रियाशील हुने र अनन्त: हराउने ठाउँ हो भने …
