गएको फागुन १२ गते मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीय करुणा राईको शव नग्न अवस्थामा लालहिरा सामुदायिक वनभित्र ढुङ्गाले थिचेको अवस्थामा फेला पर्यो । सो घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षे दीपक गिरीलाई पक्राउ गर्यो । अन्तत: घटनामा उनी संलग्न भएको खुलासा भयो ।
प्रहरीका अनुसार विद्यालयबाट घर फर्कंदै गरेकी एक्ली बालिकालाई पछ्याएका उनले फकाइ फुल्याई बीच जङ्गलमा पुर्याए शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । बालिकाले गिरीको प्रस्ताव अस्वीकार गरिन् तर गिरीले बालिकामाथि जबरजस्ती करणी गरे। त्यसपछि बुबालाई भनिदिन्छु भन्दै बालिका त्यहाँबाट भागिन् । अपराध लुकाउने डरले गिरीले बालिकाको घाँटी थिची, मुख थुनी हत्या गरेको प्रहरीसमक्ष …
