Home » नीति/राजनीति » Page 27
Category:

नीति/राजनीति

अमेरिका–चीनबीच पानी लामो समयदेखि ‘पानी बाराबार’ को स्थिति छ। यही स्थितिमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन चीन यात्रामा निस्किएका छन्। पछिल्ला पाँच वर्षमा अमेरिकी वरिष्ठ नेताको पहिलो चीन यात्रा हो। ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि क्याबिनेटबाट चीन पुग्ने पहिलो मन्त्रीसमेत बनेका छन्।

ब्लिंकनको फेब्रुअरीमा चीन यात्रा तय भए पनि अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि दुई देशबीच तनाव झन् बढेको थियो। अमेरिकाले यसलाई चीनको जासुसी बेलुन भएको भन्दै सैन्य जेटमार्फत खसालेको थियो। उता चीनले मौसमको जानकारी लिने बेलुन रहेको बताउँदै अमेरिकाको आरोप अस्वीकार गरेको थियो। यसले थप तनाव बढाएपछि ब्लिंकनको चीन यात्रा रोकिएको थियो।

उक्त घटनाको पाँच महिनापछि चीन–अमेरिका …

अमेरिकी विदेशमन्त्री एन्टनी चीनमा, सुध्रिएला सम्बन्ध?
0 comment
0 FacebookTwitterEmail

सांसद विकास कोषका रुपमा चर्चित संघीय कार्यक्रमले आगामी आर्थिक वर्ष २०८०/८१ मा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा निरन्तरता पाउने भएको छ।  विभिन्न कारणले विगत ३ आर्थिक वर्षदेखि रोकिएको कार्यक्रमलाई नयाँ बजेटले  पुनः ब्युँताएर यस्तो कार्यक्रम सदाका लागि बन्द गर्न सक्ने अवसरको वर्तमान सरकारले सदुपयोग गर्न सकेन।  यस विपरित संघीय सरकारले प्रदेश सरकारहरूलाई समेत यही काम गर्न उत्प्रेरित गर्‍यो।

आगामी आर्थिक वर्षको संघीय बजेटमा यस कार्यक्रमका लागि रू. ८ अर्ब २५ करोड विनियोजन गरिएको छ।  संघीय सरकारको अनुकरण गरेर प्रदेश सरकारहरूले पनि यस्तै कार्यक्रममा उल्लेख्य रकम विनियोजन गरेका छन्।  कतिपय प्रदेश सरकारले संघीय सरकारलाई उछिनेर एउटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि …

0 comment
0 FacebookTwitterEmail

जिल्ला अदालत काठमाडौंले असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई रु पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान भएकाहरू  मुद्दाको किनारा नलाग्दासम्म कारागारमै मुद्दा लड्ने छन्।

उक्त मुद्दामा आजै जिल्ला सरकारी वकिलले जवाफी बहस गरेका थिए। उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकीलको कार्यालयले गत जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।  त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट …

0 comment
0 FacebookTwitterEmail

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गर्नुभएको छ। बिहीबार बिहान प्रसारित देशान्तर संवादमा बोल्दै उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ।’

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नीजस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रिएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचारजस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ,’ मोर्चा बन्नुका कारण उहाँले यसरी खुलाउनुभयो।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेस्ट पनि हुने …

मोर्चा हुँदै बृहत् वाम एकता : मेटमणि चौधरी
0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

तीन महिनापछि अवकाश प्राप्त गर्ने क्रममा रहेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव थिए । सचिवका रूपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार ३ गते सकिँदै थियो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका बुझिएको छ ।

मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्तमुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त
0 comment
0 FacebookTwitterEmail

नाटो सदस्यद्वारा जर्मनीमा सुरु भएको हवाइ अभ्यासमा जापान पनि सहभागी भएको छ। रुस–युक्रेन जारी युद्धबीच ऐक्यबद्धतालाई उजागर गर्न गठबन्धलनले माग गरेको थियो। यसको साझेदारी इन्डो–प्यासिफिक क्षेत्रसम्म विस्तार भएको दाबीसमेत गरिएको छ।

यो अभ्यास नाटोको इतिहासमै ठूलो तैनाथी अभ्यास भएको बताइएको छ। यसमा सहयोगी वायुसेना सहभागी छन्। युरोपेली हवाई क्षेत्रमा दुई हप्ते एयर डिफेन्डर अभ्यासमा २३ नाटो सदस्यसहित स्विडेन र जापानका करिब १० हजार कर्मचारी र २५० विमान सहभागी छन्। जसमा एक एयर सेल्फ डिफेन्स फोर्स परिवहन विमान पनि रहेको छ।

गठबन्धन प्रवक्ताका अनुसार ठूलो संख्यामा गरिएको यो अभ्यासले नाटो सम्बन्धित क्षेत्रको प्रत्येक इन्च जमिन रक्षार्थ तयार रहेको सन्देश दिएको छ। …

सुरक्षा चुनौती बढ्दै जाँदा जापान नाटो सदस्यमा सामेल
0 comment
0 FacebookTwitterEmail

गोप्य दस्तावेज घर लगेको आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू यो विषयमा निर्दोष रहेको बताएका छन्। मियामी अदालतमा सुनुवाइका क्रममा ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आफूमाथि लागेका विभिन्न ३७ आरोप निराधार र झुटा भएको बताए।

अदालतमा सुनुवाइपछि ट्रम्प बेडमिन्स्टर गल्फ क्लब पुगेर त्यहाँ आफ्ना समर्थकलाई सम्बोधन गरे। ‘आज अमेरिकाको इतिहासमा पहिलोपटक राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयो गरे,’ उनले भने, ‘राष्ट्रपतिको कुर्सीमा बसेका भ्रष्ट नेताले झुटो आरोपमा आफ्नो कडा प्रतिद्वन्द्वीलाई गिरफ्तार गराए।’ उनको यो भनाइ हालका राष्ट्रपति जो बाइडेनप्रति लक्षित थियो।

आफूले सही काम गर्दागर्दै पनि आपराधिक मुद्दा लगाएको ट्रम्पको जिकिर छ।

अमेरिकी इतिहासमा ट्रम्प यस्ता पूर्वराष्ट्रपति हुन्, जो ‘फेडरल चार्ज’ …

गोप्य दस्तावेज प्रकरणमा ट्रम्पले गरे सबै आरोप अस्वीकार
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा, राष्ट्रिय सभा अथवा प्रदेश सभा मुलुकको नीति निमार्ण गर्ने जनप्रतिनिधिमूलक थलो हो। तर यस्तो कानुन निमार्ण गर्ने निकायमा भ्रष्टाचार, व्यक्ति हत्या, गुन्डागर्दीदेखि यौन दुराचारमा संलग्न भएकाहरू हाबी भए भने कस्तो कानुन बन्ला ? यो प्रश्न नेपालको संसदीय राजनीतिमा निकै पेचिलो बन्न थालेको छ। किनकि, यस्ता अपराधमा संलग्नलाई कारबाहीका लागि सहयोग गर्नुपर्ने दलहरूले नै यस्ता अपराधीलाई संरक्षण गरिरहेका छन्।

बाँकेकी निर्मला कुर्मी बेपत्ता र मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान नै नगरेपछि नेपालगन्जकी रुबी खान २०७८ असोजमा नेपालगन्जबाट पैदल नै काठमाडौँ आइपुगिन्। प्रहरीले उनलाई माइतीघरबाट पक्राउ गरेर नेपालगन्ज पुर्यायो। राज्यसँग न्याय माग्दा उनीउपर उल्टै बहुविवाहको मुद्दा लगाइयो। तर, उनी हारिनन्। सर्वोच्चको आदेशबाट …

न्याय हराएको देशः अपराध र विवादको भारीले थिचिएकाहरू नै नीति-निर्माता
0 comment
0 FacebookTwitterEmail

निजामती कर्मचारी कतिसम्म अटेरी छन् र आफ्नो मनोमानी गर्छन भन्ने  कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केहीबेर निरीक्षण गर्दा प्रष्ट हुन्छ। सर्वसाधारण सेवाग्राहीबाट मात्र होइन कर्मचारीवृत्तबाटै कर्मचारी समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो दिनहुँजसो आउँछ। कर्मचारीको अनुशासन र आचरणमा निरन्तर प्रश्न उठेपछि गरिएको छड्के निरीक्षणमा एउटा मन्त्रालयमा मात्र एकैपटक १०३ जना कर्मचारी  कारबाहीमा परेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार आन्तरिक छड्के अनुगमन गर्दा  १०३ कर्मचारी कारबाहीमा परेका हुन्। कर्मचारी प्रशासनको समग्र व्यवस्थापन र सुधारको जिम्मेवारी पाएको मन्त्रालयमा कार्यरत कर्मचारीसमेत नियमित कार्यालयमा नभेटिने अवस्था छ भने अन्य कार्यालयमा त झन् कार्यालय समयमा कर्मचारीलाई भेट्नै मुस्किल …

सुधारको पहल गर्नुपर्ने निकायकै कर्मचारी अटेरी
0 comment
0 FacebookTwitterEmail

भूमिकाः महाभारत कालका प्रख्यात ऋषि कणिकले  त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  ऋषि कणिकको भनाईमा “ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्,  कसम खाओस्,  आश्वासन देओस्,  आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस्। उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस् ,  आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस्। जबसम्म शत्रु आफ्नो अनुकूल हुँदैन,  उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ,  काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझैँ शत्रुलाई समाप्त पारोस्।”  यी सबै चरित्र आधुनिक नेपालका कुनचाहिँ

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved