जापान जस्तो अति विकसित देशमा समेत जापानमा रहेका विदेशी नागरिकहरूका बालबालिकामध्ये ६ प्रतिशत बालबालिकाले विद्यालय भर्ना नगरेको आश्चर्यजनक तथ्यांक सार्वजनिक भएको छ ।
जापानको शिक्षा मन्त्रालयले सन् २०२२ मा गरेको सर्वेक्षण अनुसार जापानमा रहेका आप्रवासीहरूका एक लाख ३६ हजार ९२३ बालबालिकाहरू प्राथामिक तथा आधारभूत शिक्षाका लागि विद्यालय जान योग्य देखिएका छन् ।
तर, शनिबार सार्वजनिक गरिएको मन्त्रालयको सर्वेक्षण प्रतिवेदन अनुसार त्यस्ता बालबालिकामध्ये ८ हजार १८३ जना विद्यालय भर्ना भएका छैनन् ।
जापानको शिक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा विद्यालय बाहिर बालबालिका रहनुलाई चिन्ताजनकरूपमा लिदैँ त्यस्ता बालबालिकाहरूको विद्यालय भर्नाको लागि उनीहरूको अभिभावकलाई उचित सूचना दिने अभियान सुरु गरेको छ ।
विद्यालय भर्नाबाट बाहिर …
