नेपालको सिमाना नजिकै भारतको बिहारमा एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।
पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको विहार पुलिसले जनाएको छ। विमलको दाजुको हत्याको सुनवाइ भइरहेको र अर्को साता विमलको बयान लिने योजना थियो। लामो समयदेखि विमललाई बयान नदिन धम्काइएको पनि समाचारहरूमा जनाइएको छ।
बिहारमा पत्रकार माथि आक्रमणको घटनाले चिन्तित बनाएको दैनिक जागरण मुजफ्फरपुरका पत्रकार अमरेन्द्र तिवारीले बताउनु भयो । उहाँले आइएनएस् स्वतन्त्र समाचारलाई भन्नुभयो, ‘विगतको एक वर्षमा क्रमबद्ध रूपमा पत्रकारहरू अपराधीहरूको तारो बन्दै गएका छन्। सीतामढीका अजय विद्रोहीको हत्या, छपराको महराजगञ्ज र बैशाली लगायतका ठाउँमा पत्रकार माथिको आक्रमणको घटनाले स्वतन्त्र पत्रकारितालाई ठुलो चुनौती उत्पन्न गरेको छ ।’ मण्डलको हत्याको पत्रकारहरूका विभिन्न संघ सङ्गठनहरूले विरोध गर्दै अपराधीहरूलाई अविलम्ब कार्यवाही गर्न माग गरेका छन् । मिडिया फार बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी पीडित परिवारको सुरक्षा, २५ लाख क्षतिपुर्ती र मृतक मण्डलका सन्तानलाई सरकारी खर्चमा अध्ययन अध्यापनको व्यवस्था मिलाउन बिहार सरकारसँग माग गरको छन । विगत एक वर्षमा बिहारमा पत्रकार माथिको आक्रमणको क्रमले सञ्चार जगतलाई चिन्तित बनाएको छ ।आधा दर्जन भन्दा बढी पत्रकारहरू अपराधीहरूको तारो बनेको दैनिक जागरण मुजफ्फरपुरका पत्रकार एवम् मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारी आइएनएस् स्वतन्त्र समाचारलाई बताउनु भयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता