वीरगन्ज जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको निर्माणकार्य रोक्न अन्तरकालीन आदेश जारी गरेको छ ।
हरपतगन्ज निवासी नन्दलाल बरैले सहरी विकास तथा भवन निर्माण कार्यालयलाई विपक्षी बनाई जिल्ला अदालतमा दिनुभएको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बाटोको बीच भागबाट दुवैतर्फ बराबर जग्गा पर्ने गरी सडक निर्माण गर्न आदेश दिएको थियो । अदालतले नन्दलालको जग्गामा पर्ने गरी सडक निर्माण नगर्न विपक्षीको नाममा अन्तरकालीन आदेश जारी गरेसँगै सडक निर्माणकार्य रोक्का भएको छ ।
उक्त मुद्दामा बरै अर्थात् निवेदकका तर्फबाट अधिवक्ता रामवली चौहानले बहस गर्नुभएको थियो भने सहरी विकास तथा भवन निर्माण कार्यालयका तर्फबाट महमद आयुब खाँ र वडा कार्यालयका तर्फबाट अधिवक्ता कमल मोहन पोखरेलले बहस गर्नुभएको थियो ।
पप्पु कन्स्ट्रक्सनले अदालतको आदेशविपरीत निर्माणकार्य अगाडि बढाउन नसक्ने प्रतिक्रिया दिएको छ भने सहरी बिकास तथा भवन निर्माण कार्यालयले स्थानीय जनप्रतिनिधि र असन्तुष्ट पक्षसँग समन्वय गरी निर्माकार्य अगाडि बढाउन निर्माण कम्पनीलाई आग्रह गरेको छ ।
सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका प्रमुख विनोद सिंहले निर्माण कम्पनीलाई पत्राचार गर्दै निर्माणकार्य नरोक्न आग्रह गर्नुभएको छ । तर, सडक निर्माण कार्यमा असन्तुष्ट पक्षसँग बसेर समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी स्थानीय जनप्रतिनिधि सहरी विकास तथा भवन निर्माण कार्यालय भएको जानकारहरूको भनाइ छ । उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने स्थानीय सरकार र सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण कम्पनीमाथि समस्या समाधान गर्ने जिम्मा थोपर्नु ‘बेमौसमी बाजा’जस्तो हुने बताएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
