संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मधेसी दलको भागबन्डामा परेदेखि सरुवा आतंकले कर्मचारी बिचल्लीमा परेका छन्। स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको एक महिना नपुग्दै हुने अर्को सरुवाले जनप्रतिनिलाई काम गर्न कठिनाइ भएको छ।
चाडपर्वको मुखमा आएर झनै संघीय मन्त्रीको सचिवालयले गरेको फोनले कर्मचारीलाई आतंकित बनाएको छ। संघीय सरकारको भागबन्डामा परेको जनमत पार्टीले खासगरी अहिले मधेश प्रदेशका निजामती कर्मचारीलाई सरुवाको धाकधम्की दिएको स्रोतले जनाएको छ।
चाडपर्व नजिकिँदै गर्दा जनमत पार्टीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको सचिवालयबाट बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशका कर्मचारी सरुवा गरिदिने बार्गेनिङ बढ्न थालेको छ।
स्रोतका अनुसार अहिले पर्साका सबै प्रशासकीय अधिकृतलाई काठमाडौं जान उर्दी जारी गरिएको छ। मन्त्रीको सचिवालयबाट अधिकांश प्रशासकीय अधिकृतलाई फोन गरेर काठमाडौं बोलाइएको हो।
मन्त्रीज्यू अथवा सचिवालयसँग भेटघाट गर्नुपर्ने फोन आएको छ,’ एक प्रमुख प्रशासकीय अधिकृतले भन्नुभयो, ‘मन्त्रीजीको सचिवालबाट आएको फोनमा छिटो आएर मन्त्रीजीलाई भेटनुस् भनिएको छ। भेटघाट पनि समान्य होइन, पशुपतिनाथको दर्शन गर्न जाँदा बाजेलाई भेटेर विशेष पूजा गर्नुजस्तैै हो।’
‘सम्पर्क माध्यमअनुसार चढाउने त भेटी नै हो। भेटघाट त बहाना मात्र हो,’ उहाँले भन्नुभयो।
पश्चिमी मधेसका रूपमा रहेका बारा, पर्सा र रौतहटमा जनमत पार्टी कमजोर छ। स्थानीय निकायमा जनमत पार्टीको प्रतिनिधित्व नभएर पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने क्रम बढेको हो। दशैँलाई मध्यनजर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले सरुवाका लागि पर्साका प्रमुख प्रशासकीय अधिकृतको सूची बनेको छ। यो थाहा पाएपछि प्रशासकीय अधिकृतहरूको होस उडेको छ।
यसबारेमा प्रतिक्रिया लिन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव नवरत्न साहले प्रतिक्रिया दिन चाहनुभएन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
