दसैँतिहार आएसँगै वीरगन्ज आसपासको नाकाबाट तस्करी बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करीको समान प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति वा गिरोहका नाइकेहरू प्रहरीको पकडभन्दा बाहिर छन्।
यसै सिलसिलामा पर्सा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको ५१ लगभग लाखभन्दा बढी मूल्यका डेस्कटप र ल्याप्टप कम्प्युटरका पार्ट्स बरामद गरेको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेको एडी कम्प्युटर सप्लायर्समा शनिबार साँझ छापा मारी ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्युटर, ल्यापटप, हार्डडिक्सलगायतका इलेक्ट्रोनिक्स समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उक्त सप्लायर्स सञ्चालन घरबाट डेल कम्पनीको सिपियू २१० थान, मोनिटर ४२ थान, डेल कम्पनीको ल्यापटप ८ थान, हार्डडिक्स ८८ थान र माउस ५५० थान बरामद भएको जनाइएको छ। यसैगरी प्रहरीले छापा मार्दा मोनिटर वायर ३१२ थान, सिसिटिभी वायर १८ हजार मिटर, मदर बोर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलिङ फ्यान १९ थान, ल्यापटप चार्जर १३१ थान र ल्यापटपको ब्याट्री २०० थानलगायतका समान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मार्दा भारतबाट भन्सार छलेर ल्याइएका ती सामग्री बरामद भएको थापाको भनाइ छ।
आवश्यक अनुसन्धानका लागि बरामद सामग्री बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा आइतबार पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।
यता सप्लायर्स सञ्चालक सिंह भने फरार भएका छन्। फरार सिंहको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
