छठ पर्वको अवसरमा मध्य तराइको विभिन्न गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिने परम्परा अनुसार यस वर्ष पनि नेवतन बहुअरी, धोरे तथा वीरगन्जको इनर्वामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो।
इनर्वा मन्दिर संरक्षण समाजले आयोजना गरेको यो प्रतियोगिताको उद्घाटन पूर्व बन मन्त्री प्रदीप यादवले गर्नु भएको थियो। कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले तराइको परम्परागत खेलको रूपमा रहेको कुस्ती खेलको संरक्षण संवर्द्धन प्रति केन्द्रीय, प्रान्तीय तथा स्थानीय सरकारहरू समेत उदासीन रहेको गुनासो व्यक्त गर्नुभयो। छठ पर्वको अवसरमा नेपाल र भारतका कुस्ती खेलाडीहरूलाई बोलाएर प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिलाई मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभयो।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष पलकधारी यादवको अध्यक्षमा सम्पन्न भएको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथिमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह श्रेष्ठ,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सराफ, बहुदरामाई गाउँपालिकाका अध्यक्ष सिगांसन साह तेली लगायत नेताहरू सहभागिता रहेको थियो। नेपालको तर्फबाट स्थानीय बारा तथा पर्सा जिल्ला र भारतका बिहार, उत्तर प्रदेश, दिल्ली, पन्जाब र गुजरातका १ सय भन्दा बढी कुस्ती खेलाडीहरू प्रतियोगितामा सहभागी थिए। यसैगरी पर्साको धोरे र बारोको नेवातन बहुअरीमा आयोजित दुई दिवसीय कुस्ती खेल प्रतियोगिताको सयौँ कुस्ती खेल प्रेमी दर्शकहरू दुवै देशका खेलाडी जोडीहरूको दङ्गल हेरेका अवलोकन गरेको आयोजक समितिले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द
- छठः न पुजारी न शास्त्रीय विधि विधान, मधेसको लोक पर्व
- सिर्सिया नदी प्रदुषित गर्ने सिद्धि टेक्साइललाई ३० हजार जरिवाना
- पुरेत आयात गर्न बाध्य हामी
- मातेका वडाध्यक्षले कुटे सफाइकर्मी, श्रीमान् र सौताले मारे कान्छीलाई
- वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण
- दसैंको मुखमा तस्करी : ५० लाखभन्दा बढीका अवैध कम्प्युटर बरामद, तस्कर फरार
- दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?
- पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी
- पालिकाले गर्यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते