लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन।
अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् ।
सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई …
