रासायनिक मलको अभाव जारी छ । सरकारले ठेकेदारहरू मार्फत अन्तराष्ट्रिय बजारबाट रासायनिक मल आपूर्ति गर्न नसकेपछि भारतसँग जीटुजी पद्धतिबाट मल किन्ने निर्णय गर्यो । तर, अझैपनि किसानहरूले मल पाउन सकेका छैनन् ।
हिउँदे खेतीलाई रासायनिक मल हाल्न नपाएपनि बर्खे खेती सुरु हुनु अगाडिनै स्थानीय तहहरूमा पर्याप्त मात्रामा रासायनिक मलको प्रबन्ध गर्न अन्तराष्ट्रिय बजारबाट मल खरिद प्रक्रिया अगाडि बढाउन ढिलो भैसकेको छ । यसैबीच रासायनिक मलको मूल्यबारे अन्तराष्ट्रिय जगतमा सकारात्मक चर्चा सुरु भएको छ ।
विश्व बैंकका विशेषज्ञहरू जोन बाफस र वी चियान कोहले यसै हप्ता रासायनिक मलको अन्तराष्ट्रिय उपलब्धताबारे ब्लगमा लेखेका छन् – रासायनिक मलहरूको मूल्य सन् २०२२ मा शिखरमा …