रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माणकार्य सम्पन्न नहुँदै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माणकार्य रोकिएको छ । निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माणकार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवथापन समितिका सचिव चन्द्रिका यादवले त्रुटि सच्याएपछि मात्र निर्माणकार्य अघि बढाउन सकिने बताउनुभयो ।
ऐतिहासिक मर्चवारीदेवी मन्दिर रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका वडा नं. ६ र मर्चवारी गाउँपालिका वडा नं. ५को सिमानामा स्थित छ । यिनै देवीको नामबाट मर्चवार क्षेत्रको नामाकरण भएको स्थानीयको जनविश्वास छ ।
पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीद्वारा दुई करोड …