Home » विचार » Page 11
Category:

विचार

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को लामो बजेट प्रस्तुत गर्नुभएको छ। १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा अर्थतन्त्रका चुनौतीहरू समेटेको देखिए पनि त्यसलाई प्रस्ट रूपमा सम्बोधन गर्न भने सकेको छैन। यी चुनौतीलाई सम्बोधन गर्ने बजेटमा न कुनै दिशा, न रणनीति न त प्राथमिकता नै छ। यो केवल विभिन्न मन्त्रालय र विभागहरुको इच्छासूचीको एक सानो बिनासम्पादित संग्रहजस्तो देखिन्छ।

बजेटमा धेरै कार्यक्रम समावेश गर्नाले बजेटको आकार निकै बढेको छ। कताकता अंक कम र अक्षर धेरैजस्तो पनि लाग्छ। अझै पनि अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन्। यस्तो जटिल अवस्था मात्र नभई चुनौतीपूर्ण समयमा पनि हो र यसले बलियो …

बजेट टिप्पणी : व्यावसायिक अर्थमन्त्री द्वारा अव्यावसायिक बजेट
0 comment
0 FacebookTwitterEmail

आजकल नेपालमा विश्वासको खडेरी देखिन्छ। नक्कली भुटानी शरणार्थीको काण्डमा कुनै किसिमको नरमी अपनाइने छैन भनेर सरकार भनि राख्छ। तर राजनैतिक दवाब परेको समाचार दिन दिनै आइराख्छ। नेपालको आईजीपी र माहान्यायाधिवक्ताको चार घण्टा सम्म भेटघाट भयो भनेर थाहा पाइन्छ। नेपालको प्रधानमन्त्री, विरोधी दलका नेता र नेपाली क्राँग्रेसका नेता भेट गरे भनेर भनिन्छ। अब यो काण्डमा अरु तानिनु हुन्न भनेर काण्डको जाँचबुझ नै चाँडै टुङ्गयाउने कुरा निस्कन्छ। कति मानिसको नाउँ आएको तर प्रमाण फेला नपरेकोले नसमातिएको भन्ने खबर प्रहरीबाट नै जानकारी आउँ छ। ठुला ओहदामा बसेका मानिसहरू समातिए पनि हथकडी नलगाइएको कुरा सर्वव्यापी रूपमा भनिन्छ।

हुन पनि यो काण्ड त्यति कै भासभुस …

0 comment
0 FacebookTwitterEmail

२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ। उनीहरूले एकवर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन्। दोहोरिएका जनप्रतिनिधिका भने अनुभव पनि दोहोरो नै भएको छ। एक वर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दा उनीहरूले ज्ञान, सीप र क्षमताअनुसार कार्यसम्पादन गरेका छन्। पदीय जिम्मेवारी निर्वाह गर्दै नेतृत्व क्षमताको दायरा पनि विस्तारित गर्दै लगेका छन्।

मानवीय जीवनमा नेतृत्व सीप आवश्यक छ। हरेक विधा र पेसासम्बद्ध व्यक्तिलाई व्यावसायिक र पेसागत कर्ममा सफलता हासिल गर्न नेतृत्व सीप अपरिहार्य छ। नेतृत्व जन्मजात नभई आर्जित गुण भएकाले जीवनमा सफलता प्राप्त गर्न नेतृत्व सीप आवश्यक परेको हो। अतः स्थानीय जनप्रतिनिधिलाई काममा सफलता प्राप्त गर्न …

स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
0 comment
0 FacebookTwitterEmail

सक्षम र स्वाभिमानी मानिस आफ्ना वर्तमानको कामप्रति सतर्क पनि हुन्छन्, भविष्यका लागि चिन्तित पनि हुन्छन्। अहिले डा. कुमार शमशेरले सरकारी ओहदामा रहेरभन्दा बाहिर रहेर जनताको बढीभन्दा बढी सेवा गरेको देख्ता राष्ट्रसेवकले पनि यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्छ भन्ने मेरो धारणा छ। अरू निजी क्लिनिकमा काम गर्ने डाक्टरहरूले लिने शुल्कभन्दा धेरै कम शुल्क लिएर उहाँ जनताको सेवा गरिरहनुभएको छ।

यो घटना २०३८ सालको हो। पञ्चायती शासनकालमा कृत्रिम कलाकारले कला प्रदर्शन गर्न नसके कुनै न्यायाधीशहरूलाई कि जागिर खोसेर कि त सरकारी वकिलका रूपमा पठाएर सजाय गरिन्थ्यो। मबाट आम निर्वाचन निष्पक्ष हुने हुँदा जनमतसब्ग्रहको शिक्षा लिएर मलाई रौतहटको जिल्ला न्यायाधीशबाट पोखराको कास्की जिल्ला …

नमिता–सुनीता काण्ड यसरी ओझेलमा पर्यो
0 comment
0 FacebookTwitterEmail

नयाँ जंगबहादुर त निकाल्ने अवस्था आई नै सक्यो। अराजकता र अनिश्चितताको बीचमा यस्तो मानिस न जन्मिने त कुरै भएन। तर उसले के गर्छ होला भनेर कसैले अनुमान गर्न सक्दैन। किनभने कुन मानिस अन्यायमा पर्ने हो र उसको प्रतिक्रिया के हुन्छ भनेर तर्क गर्न सकिन्न। यो तर्कहीन कुरा हो। नेपालमा तर्क गर्ने दिन गइसकेको छ। अब बल र हिंसाले आफ्नो ठाउँ बनाउँछ। नेपालको इतिहासले त्यही कुरा बताउँछ।

इतिहासकार शिरोमणि बाबुराम आचार्यले यही कुरा बुझेर होला ‘यस्तो अब कहिले नहोस्’ भनेर किताब लेखे। तर नेपालमा यसतो घटना बराबर भएको छ। इच्छा गर्नु एउटा कुरा हो। वास्तवमा हुनु अर्को कुरा हो। तर्क भनेको …

0 comment
0 FacebookTwitterEmail

समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत कालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोकमान्यता छ। विसं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गाविस वडा ९ रून्टी रोल्पाको गौतम (खत्री) परिवारमा जन्मनु भएका महाप्रभु ( बाल्यकालको नाम नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दूध खान छाड्नुभएछ। तत्पश्चात गाईको दूध खाएर महाप्रभुको भौतिक देह हुर्किए छ। महाप्रभु सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला (सामान्य रुपमा बालकले गरेको हो भनेर …

धरतीको स्वर्ग अर्थात् स्वर्गद्वारी !
0 comment
0 FacebookTwitterEmail

श्रीमती र म छिमेकी मुलुक भारत भ्रमणमा थियौँ। भ्रमणको उद्देश्य श्रीमतीलाई खुसी तुल्याउनु थियो। श्रीमतीले केही महिनायता माइत जान कर गर्दै आएकी थिइन् । भ्रमणको बहाना यो पनि बन्यो । अन्ततः हामी भारतको भेलाही पुरन्दारा पुग्यौँ । ससुराली पुगेका ज्वाइँको स्वागत नहुने कुरै भएन।

परिवारिक जमघटले ७५ वर्ष कटिसक्नुकी सासुआमा खुसी हुनुहुन्थ्यो। त्यही खुसीमा  मनपर्ने घोनसारीको भुजादेखि भान्टाको चोक्खा र सागलगायत खाना–नास्ताको मेसो मिलाउन थाल्नुभयो। समाचार, भलाकुरीकै क्रममा मैले ठूलो जेठानलाई बिहेबारीको कुरा चलाउँदै भने, ‘हजुरकी छोरीको पढाइ सकिएकाले बिहेका लागि केटा हेर्ने समय आयो। भन्नुहुन्छ भने नेपालतिर केटा हेर्थें।’

आफ्ना श्रीमान्को कुरा टिप्दै जेठानी भाउजूले झट्ट जबाफ फर्काउनु भो, …

सिमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध : ‘बिटियाको क्यों करें नेपालमें सादी ?’
0 comment
0 FacebookTwitterEmail

जङ्गबहादुर राणा भनेको कुनै खास मानिस होइन। जङ्गबहादुर भनेको एउटा यस्तो चरित्र हो जसको कुनै ठेगान हुँदैन। उनले नेपालको सत्ता कब्जा गर्दा कुनै योजना बनाएका थिएनन्। तर उनले त आफ्नो जागिर जोगियोस् भनेर कोशिश मात्र गरेका थिए। उनको समयमा राजेन्द्र विक्रम राजा थिए। उनको कान्छी महारानी लक्ष्मीदेवीको हालीमुहाली चल्ने गर्दथ्यो। दरबारको चाल चलन सित भने जङ्गबहादुर राम्रो जानकार थिए। त्यसैले उनले कोतमा जाँदा आफ्ना भाइभतिजाहरूलाई हतियारमा सुसज्जित भएर आउनु भनेर अह्राएका थिए। कोतपर्व हुन सक्छ भन्ने छनक जङ्गबहादुरलाई थियो।

नेपालको आजको परिस्थितिले पनि त्यस्तै एउटा मानिस खोजिरहेको देखिन्छ। त्यो मानिस को हुन सक्छ, कहाँबाट आउँछ कसैले पनि भन्न सक्दैन।

0 comment
0 FacebookTwitterEmail

२०७६ सालमा तत्कालिन नेकपाको सरकारले राष्ट्रियसभामा पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न बनेका दुई विधेयकहरू ३ वर्षपछि राष्ट्रियसभाले पास गरी  प्रतिनिधिसभामा पठाएको भन्ने बुझिन आएकोछ।

तत्कालिन सरकारले देशमा भ्रष्टाचारलाई थप प्रोत्साहित गर्ने गरी पेश गरेका ती विधेयकहरूमा ३ वर्ष लगाएर फूलबुट्टा भर्दै राष्ट्रियसभाले तत्कालिन सरकारको उद्देश्यलाई मजबुत पार्ने गरी मिलाएर विधेयकहरू तल्लो सदनमा पठाएको भन्ने पनि बुझिन आएकोछ। ती विधेयकहरूमा तत्कालिन सरकारले अन्य कुराका अतिरिक्त २ महत्वपूर्ण बाटो मार्फत भ्रष्टाचारको संरक्षण र प्रबर्धन गर्ने प्रावधान राखेको थियो। ती हुन्-

  • नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरी संघीय मन्त्रिपरिषद्‍ र प्रदेश मन्त्रिपरिषद्‍ तथा ती अन्तर्गतका समितिहरूले
0 comment
0 FacebookTwitterEmail

मेरी श्रीमती मजत्तिकै पढेकी छिन।  बिहे भएको पनि अढाइ दशक  पुग्न लागेको छ।  हामी दुबै नेपाल भारत बिचको वैवाहिक सम्बन्धको प्रतीक हौ।  म केटो नेपालको, उनी भारतीय आदर्शवान नारी।

दुबै बिचको प्रेम मिठोसँग अगाडि बढेको छ तर कहिलेकाहीँ अचानक उनको पुरानै वाक्य दोहोरिन्छ, ‘मलाई पैसा चाहियो ,डाक्टर कहाँ जानु छ, चेकअप गराउनु छ, वीरगञ्जमा नयाँ गाइनोको डाक्टर आउनु भएको छ। ’ अनि म बुझिहाल्छु, फेरि कसले उनलाई किन छोरो पाइनस् भन्यो। अनि हामी बीचको सम्बन्ध अमिलो हुँदै जान्छ र  हाम्रो सम्बाद केही समयका लागि मौन हुन्छ।  म सँधै झै उनलाई फुर्काउँदै उनको मौनता तोडन चाहन्छु। भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल आफ्नी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved