Home » विचार » Page 25
Category:

विचार

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेपछि पनि पुन: राजतन्त्र नै फर्काउन भइरहेको कसरतलाई नजरअन्दाज गर्न मिल्दैन। राजतन्त्रवादीहरूको एउटा जिकिर छ, धर्म, संस्कृति र परम्परा बचाउने हो भने राजतन्त्र नै चाहिन्छ। यसरी नै एक तप्काका हिन्दू धर्मावलम्बीहरू हिन्दू धर्मको संरक्षक राजा हुन्छन्, राजा विष्णुको अवतार हुन् र राजतन्त्र मासिएपछि हिन्दू धर्ममा खतरा आइपर्छ भन्ने मान्यता राख्छन्। नेपाललाई हिन्दू राज्य बनाउन चाहनेहरू पनि यसका लागि राजतन्त्र नै चाहिने मनसाय राख्छन्। मान्यता एक ठाउँमा छ तर तथ्यले ती मान्यताहरूको समर्थन गर्दैन। तथ्यमा आधारित विचार निर्माण भए मात्रै समाजलाई अगाडि बढाउन सक्छ।
विधानत: नेपाल हिन्दू राज्य भएको २०१९ सालदेखि हो, त्यो पनि गणतन्त्रको स्थापनासँगै …

पञ्चायतमा चोरिएका मूर्ति र नासिएको गुठी
0 comment
0 FacebookTwitterEmail

आज भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने चलन राष्ट्रिय सूचना आयोगले चलाएको छ। २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हकसम्बन्धी ऐन पारित गरेको थियो। सोको ३० दिनपछि अर्थात् ३ भदौ, २०६४ बाट यो ऐन कार्यान्वयनमा आएको हो। सोही सन्दर्भमा यो दिवस सुरु गरिएको हो। १५ वर्ष पूरा भए पनि नेपालमा सूचनाको हक, कार्यान्वयन र नीतिगत सुधारको दुईवटा मुख्य चुनौतीको बीचबाट गुज्रँदै प्रभावहीन बन्ने खतरा बढ्दै गएको छ।

सूचनाको हकलाई संविधानमै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एसियाको पहिलो देश नेपाल हो। सो हकलाई कार्यान्वयनमा ल्याउन भने १७ वर्षसम्म ऐन नबनाएर दक्षिण एसियामा पहिलो कानुन …

0 comment
0 FacebookTwitterEmail

देश चुनावमा होमिन लागेको यो समयमा नागरिकका रूपमा हाम्रो चासोहरू के के हुन? नेपालमा दिगो शान्ति कायम गर्न, सुरक्षाको अवस्था सबल बनाउन र न्यायमा पहुँच पुर्‍याएर कानुनको शासन सबल पार्ने आजको राजनीति वा शासनको मुख्य लक्ष्य हुनुपर्छ। त्यसो भएको छ त? निर्वाचनका बेलामा हुने बहसहरूमा नागरिकका चासोहरू प्रखर रूपमा प्रकट भएनन् भने ती छायाँ पर्न सक्छन्। त्यसैले आउनुहोस् बहस थालौ।

यति बेला हामीलाई शासकीय सुधारका लागि कठोर कदम आवश्यक छ। राजनीतिले असल शासन दिन तथा भ्रष्टाचार नियन्त्रण गर्न सबल सार्वजनिक संस्थाहरू विकास गरिनुपर्छ। साथै राज्यका संरचनाहरू अधिकतम समावेशी बनाउने एवं सबै तहको निर्णय प्रक्रियामा सहभागितमूलक पद्धति अवलम्बन हुनुपर्छ।

हरेक नागरिक …

नागरिकका आठ चासो
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको आम्दानीको प्रमुख स्रोत मध्येको एक प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी मापदण्ड बाहिर खर्च हुने गरेको छ। अधिकांश स्थानीय तहले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी पूर्वाधार विकासलगायतका क्षेत्रमा मात्रै खर्च गर्न चासो देखाएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सुझाव समेत तीनचार वर्षयता कार्यान्वयन हुन सकेको छैन।

प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी परिचालन गर्न लगानी र प्रतिफल तथा लाभको बाँडफाँट सम्बन्धमा विभिन्न कानुनी प्रावधान र प्रचलन रहेकाले पनि रोयल्टी खर्चमा  विविधता पाइन्छ।  प्राकृतिक स्रोतबाट स्थानीय तहलाई प्राप्त रोयल्टीको रकम सम्बन्धित प्राकृतिक स्रोतको संरक्षण, सम्बर्धन र विकासमा उपयोग गर्नुपर्नेमा सो बमोजिम उपयोग गरेको नपाइएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त …

प्राकृतिक स्रोतबाट लिइने रोयल्टी आयोगको मापदण्ड बाहिर खर्च
0 comment
1 FacebookTwitterEmail

आफ्नो सन्तानलाई बलात्कारबाट जन्मिएको भन्दै आमाले स्वघोषणा गर्नुपर्दा यो देशको नागरिक भनेर प्रमाणित गरिदिने त्यो एउटा कागजको खोस्टो बोक्न त्यो छोरालाई कति हीनताबोध हुँदो हो, कल्पना गर्नुस् त !

हो, संसद्को दुबै सदनले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि संसद्‌मा नै फिर्ता पठाउनु ठिक हो की होइन भन्ने यो आलेखको मूल विषय होइन। मूल विषय त स्वघोषणामा बहस गर्नु हो। राष्ट्रपतिले विधेयक माथिको छलफलका क्रममा इतिहासको लामो कालखण्डदेखि भएका बहसका विषयलाई निरुपण गर्न पठाउनु भएको १५ बुँदाको  सुझावमा पनि यस्तै बुँदा समावशे गरिएको छ। विधेयक फिर्तासँगै त्यसमाथि राष्ट्रपतिले संसद्लाई दिएको १५ बुँदे सुझाव हेर्दा यो राजनीतिको तात्कालिक एजेण्डासँग मात्रै …

महिलालाई सधै भोग्या बनाउने षडयन्त्र र बाबुको स्वघोषणा
0 comment
0 FacebookTwitterEmail

कमाउने र बचाउने कुरा व्यक्तिगत वित्तीय व्यवस्थापनमा धेरै महत्व राख्ने र धेरै छलफल, बहस भइरहने विषय हो। यसै विषयमा प्रसिद्ध लेखक चाल्र्स ए जेफी भन्दछन् – “तपाईँलाई धनी बनाउने तपाईँको तलब (कमाइ) ले होइन, तपाईँको खर्च गर्ने बानीले हो।” झट्ट सुन्दा खर्च गर्ने बानीले पनि कोही धनी हुन्छ त ? भन्ने लाग्न सक्छ । यथार्थमा उनको भनाइको तात्पर्य कमाउनुभन्दा बचाउनु ठूलो कुरा भन्ने हो। मानिसलाई उसको कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ। अन्तर्राष्ट्रिय ऋण महासंघका पिता एफ् डब्लु राइफाइसन पनि सम्पन्न बन्नका लागि मनिसमा मितव्ययिताको बानी हुनुपर्छ भन्ने कुरामै जोड दिन्छन्।

कति सम्पत्ति भए हामी …

तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?
0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसंघका विश्वभरमा एक दर्जन द्वन्द्वग्रस्त क्षेत्रमा करिब ७४,००० शान्ति सैनिक तैनाथ छन्। तिनीहरूलाई चर्चित फिका  नीलो हेलमेटमा सहजै  चिन्न सकिन्छ। तिनीहरुमध्ये महिला भेट्टाउन अलि  गाह्रो छ। त्यहाँ सैन्य विशेषज्ञ, प्रहरी र  स्थलगत सैनिक  एकाइहरू छन्, जुन १२१ देशहरूबाट शान्ति कायम गर्न मद्दत गर्न खटिएका छन्।तिनीहरुमध्ये महिला  कमै भेटिन्छ किनकी शान्ति सेनामा ८ प्रतिशत मात्रै महिला छन्।

यो १५ वर्ष पहिलेको तुलनामा उल्लेखनीय वृद्धि हो, त्यतिबेला शान्ति सेनाको संख्या आजको जस्तै थियो तर महिलाहरू केवल २% मात्र थिए। २० वर्षदेखि, संयुक्त राष्ट्रसंघले यो तथ्याङ्क सुधार गर्न प्रयास गरिरहेको छ। तर पुरुष जत्तिकै महिला शान्ति सैनिकहरू राख्ने राष्ट्रसंघको दीर्घकालीन लक्ष्य पूरा …

0 comment
0 FacebookTwitterEmail

छाला, कपाल, नङ, ओठ आदिलाई कृत्रिम तरिकाले सुन्दर देखाउनु वा सिँगार्नुभन्दा प्राकृतिक रूपमै स्वस्थ बन्नु हरेक दृष्टिले उत्तम हो। आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रिस्तम्भ भनिन्छ। यी तीन चिजको सन्तुलित एवं गतिशील अभ्यासबाट आरोग्यसँगै दिगो सुन्दरता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अस्वस्थ मान्छे सुन्दर भएर पनि दुखी हुन्छ। स्वस्थ मान्छेलाई बाहिरी सुन्दरता नभए पनि खुशी भएर बाँच्न सक्छ। स्वास्थ्य प्राथमिक विषय हो भने सुन्दरता सहायक।

आहार

भोजन जीवनको लागि हुन्छ नकि जीवन भोजनका लागि। सामान्यत भोजनले ३ थरीको कार्य गर्दछ: पहिलो शारीरिक कार्य (शरीर निर्माण, ऊर्जा प्रदान, सुरक्षा,

दिगो सुन्दरताको आधार: आयुर्वेदका त्रिस्तम्भ
0 comment
0 FacebookTwitterEmail

नेपालमा प्रचलित लोक साहित्यमा नेतृत्वको कुरा गर्दा राजा, रानी, राजकुमार र राजकुमारीहरूका प्रसङ्गहरू बढ्ता पाइन्छन्। हाम्रा दन्त्यकथाहरू सुरु हुन्छन् ‘एका देशमा एक जना राजा थिए…’ भनेर तर वि. सं. २००७ सालको सेरोफेरोमा आएर नेपालमा नेतृत्वसँग सम्बन्धित नेता, नायक जस्ता केही नवीन शब्दहरूको प्रयोग हुन थाल्यो। यसको अर्थ हो समाजमा राजाको सट्टा अब नयाँ स्वरूपको नेतृत्वको उदय भैरहेको थियो। नेतृत्त्व गर्नु, मार्ग देखाउनु, लिएर जानु, आदि अर्थ वहन गर्ने संस्कृतको नी धातुबाट व्युत्पन्न भई निर्माण हुने शब्द हुन् नीति, नेता, नेतृ, नाय, नायक, नायिका र नेपालीमा नकारात्मक रूपमा चित्रण गर्दा नायकलाई ‘नाइके’ बनाएको पाइन्छ र समासको अन्त्यमा आएमा, ग्रामणी, अग्रणी, सेनानी …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका र यससँग सम्बन्धित नेवार बौद्ध समाजमा साउन महिनातिर एउटा विशेष रौनक देखिन्छ। एक महिना लामो यो रौनक धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यो समाजमा यसलाई ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनिन्छ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्मको एक महिना नेपाल संवत्अनुसार दशौं महिना हो र यसलाई ‘गुंला’ भनिन्छ। ‘गुण’ वा ‘गुन’ शब्दको संक्षेपीकरण गरी महिनाको नामकरण गरेर गुंला (गुनमहिना) भनिएकोमा गलत हिज्जे प्रयोग हुँदा अर्थको अनर्थ हुने गरी बुझ्ने गरेको पनि पाइन्छ। स्वयम् नेवार भाषामा प्रकाशित हुने एउटै पुस्तक तथा पत्रपत्रिकामा पनि कहिले ‘गुंला’ त कहिले ‘गुँला’ शब्दको प्रयोग हुने गरेको पाइन्छ। शीरविन्दु र चन्द्रविन्दुको भेदमा …

काठमाडौं बौद्ध संस्कृतिको पर्यायः ‘गुंला पर्व’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved