Home » विचार » Page 17
Category:

विचार

हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। वैदिक वर्ण व्यवस्था गुण र कर्मको विशिष्टीकरणसँग सम्बन्धित हो। वैदिक ग्रन्थमा वर्ण रङ्गको अर्थमा पनि प्रयोग भएको छ। मानिसका सन्दर्भमा वर्णको समानान्तर शब्द वर्ग हुन सक्ला तर जाति हुन सक्दैन। …

गलत बुझिएको “असुर”
0 comment
0 FacebookTwitterEmail

देशभर तिहार अर्थात यमपञ्चकको रौनक छाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यमपञ्चकको  अन्तिम तथा यम पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ। यही दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिको कामना गर्दै भाइटीका लगाइदिने गर्छन्।

पछिल्लो समय तिहारको महत्व तथा रौनक देशमा मात्र होइन नेपालीहरू बसोवास गरिएका अरु देशहरूमा पनि उत्तिकै फैलँदै गएको देखिन्छ।  रोजगार र अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपाली र स्थायी रूपमा विदेशमा बस्ने नेपालीले दशैँ पनि उल्लासका साथ मनाए भने …

0 comment
0 FacebookTwitterEmail

मन के हो, यसलाई कसरी बुझ्ने वा बुझाउने भन्नेबारेमा धेरै ज्ञानी पुरुषले अनेक तरहले अर्थ्याउँदै आएका छन्। अनेक परिभाषा तयार गरिएका छन् तर आज पनि यो प्रश्न त्यत्तिकै प्रखर तवरले उभिएको छ। आजको चर्चा यही विषयमा केन्द्रित छ।

मनलाई संसारमा भएका प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रण वा परिचालन गर्ने अन्त:करणको अंश वा वृत्ति मान्न सकिन्छ। साथै यसलाई नाक,कान, आँखा आदिमार्फत थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय,अन्त:करण, चित्त, दिल, हृदय भनेर बुझ्दा पनि अन्यथा हुँदैन।

वास्तवमा मन भौतिक तर अभौतिक अवस्था हो। चित्त मनसहित सम्पूर्ण मानसिक वृत्तिहरू रोपिने, क्रियाशील हुने र अनन्त: हराउने ठाउँ हो भने …

0 comment
0 FacebookTwitterEmail

हामीले राजा फालेपछि, सैन्य तानाशाही अस्वीकार गरेपछि, र अन्य कुनै प्रकारको निरंकुशतन्त्रविरुद्ध खबरदारी गरिसकेपछि अब हाम्रा सामु एक आदर्श लोकतान्त्रिक परिपाटीको विकल्प छैन। हामीले जसलाई ‘प्रजातन्त्र’, ‘राष्ट्रिय प्रजातन्त्र’, ‘जनवाद’, ‘जनतन्त्र’, ‘नौलो जनवाद’, कसैले ‘२१ औं शताब्दीको जनवाद’, ‘जनताको बहुदलीय जनवाद’, ‘उदारवादी लोकतन्त्र’, वा ‘पुँजीवादी जनवाद’ भन्यौं, अझ त्यतिले नपुगेर ‘लोकतान्त्रिक समाजवाद’ वा ‘समाजवादी लोकतन्त्र’ भनेर भन्न थाल्यौँ। अझै पनि ‘राजा आउ देश बचाउ !’ भने पनि वा ‘साम्यवादको जादुको छडीले सारा समस्या चैट बनाउँछ’ भन्ने स्वप्निल मदमा आफूलाई भुलाए पनि यथार्थमा प्राप्त गर्नुपर्ने लोकतान्त्रिक परिपाटी नै हो। जजसले जेजे शब्दावलीबाट अभिव्यक्त गरे तापनि लोकतन्त्र फेरि पनि जनताद्वारा, जनताका लागि र …

0 comment
0 FacebookTwitterEmail

केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा  केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।

सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना …

0 comment
0 FacebookTwitterEmail

रङको प्रवाहवान गतिमा क्यानभास नै पहाडी चट्टानको पाटा जस्तै लाग्छ । बगिरहेका रङका भेलमा कलाकार स्वयम् अरूलाई पनि दौडाउन अग्रसर हुन्छन् । क्यानभासमा रङहरू तुलिकाघातमा यसरी दौडिन्छन् जहाँ बेगबतासको गतिले पनि भेट्टाउन सक्दैन । रङहरूको सन्तुलित र सुन्दर संयोजन अनि सौन्दर्यमय अनुभूतिको सम्प्रेषण उहाँका कलाका विशेषता हुन् । ती आकृतिहरूले दिने सन्देश र पार्ने प्रभाव सकारात्मक कलाकारिताका जीवन्त पक्ष हुन् ।

क्यानभासमा उहाँका रङ र रेखाहरू वेगवान प्रवाहमा बहकिएका हुन्छन् । बहकिनुको अर्थ व्यर्थ वा अर्थहीन होइन, हुँदैन । त्यसले दर्शकलाई पनि गतिमय जीवनको सन्देश दिन्छ । गतिशीलता वा सक्रियताको सङ्केत र सन्देश प्रवाह गर्छ । सुरुका दिनमा उहाँले यथार्थवादी …

कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
0 comment
0 FacebookTwitterEmail

मनसुन सकिने बेलामा आरीघोप्टे पानी परेर मुलुकको पश्चिमी भाग तहसनहस भएको केही समय पछि नै देशमा चुनाव भइरहेको छ। हामीले खासै वास्ता नगरेको जलवायु परिवर्तनको असर नेपाल वा समग्र दक्षिण एसियाको वर्षा प्रणालीमा परिसकेको छ। तर हामीमा गम्भीरता देखिएको छैन।

प्राकृतिक वातावरण तथा जैविक विविधतामा पर्ने प्रतिकुल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको चुनौतीलाई  सामना गर्नका लागि पर्यावरणीय विषयलाई उच्च राजनैतिक प्राथमिकतामा राखिनु पर्छ। नेपालको लामो राजनीतिक संक्रमणमा वातावरणीय संरक्षणको क्षेत्रमा अत्यन्तै कम ध्यान गएको देखिन्छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक एजेन्डा बनाउनु आवश्यक भइसकेको छ।  वातावरण संरक्षण र पर्यावरणीय सन्तुलनलाई राजनीतिको …

0 comment
0 FacebookTwitterEmail

स्वतन्त्र र दलीय उम्मेदवार

निर्वाचन आयोगको हालैको तथ्याङ्क अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगमा जम्मा ११६ वटा दलहरू दर्ता भएका छन्। जसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जम्मा २४१२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये दलहरूका तर्फबाट १५४५ जनाको र स्वतन्त्र तर्फबाट ८६७ जनाको उम्मेदवारी परेको छ। प्रतिशतका आधारमा हेर्दा स्वतन्त्रहरूको उम्मेदवारी कुल सङ्ख्यामा झण्डै ३१ प्रतिशत रहेको छ।  यसैगरी प्रदेशसभातर्फ हेर्दा जम्मा ३२२४ जनाको उम्मेदवारी परेकोमध्ये २२२५ राजनीतिक दल सम्बद्ध उम्मेदवार छन् भने ९९९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रदेशसभामा उम्मेदवारी दिने यी स्वतन्त्र उमेदवारहरूको संख्या झण्डै ३६ प्रतिशत हुन आउँछ। अझ विवादका बीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम …

‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
0 comment
0 FacebookTwitterEmail

लोकतन्त्रमा कुलीन तन्त्रमाजस्तै पुस्तौनी शासक र पुस्तौनी शासित कोही हुँदैन भन्ने मानिन्छ। नागरिकहरू भने शासक र शासितका रूपमा आवधिक रूपमै भए पनि विभाजित भइरहेकै हुन्छन्। राज्यव्यवस्थाको प्राधिकार प्रयोग गर्ने जवानदेखि सम्माननीयको विशेषणजडित पदमा रहेका उच्च पदस्थ अधिकारीहरू भनेका शासक हुन्छन् भने आमजनता, सर्वसाधारण, भुईंमान्छे भनिनेहरू शासित हुन्छन्। शासनमा भएकाले आफू पनि शासितै हो भन्ने भान पार्नचाहिँ खोज्छन् तर तिनीहरू शासकै रहनका लागि कानुन र विधिविधानमा अनेक दरार वा प्वाल सिर्जना गर्ने शक्ति चलाउन खप्पिस हुन्छन्। ‘हुनेलाई चैन नहुनेलाई ऐन’ त्यतिकै भन्दै आइएको होइन। पैसा, पद र परआशीर्वादलाई समग्र राजनीतिमा शक्ति मानिन्छ र यसको अपचलन गर्नेहरू शासक हुन्छन्।

शासकीय हैसियत हासिल …

न्यायालयको खस्कँदो साख र गुम्दो जनआस्था: जिम्मेवार को?
0 comment
0 FacebookTwitterEmail

धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र आत्माले दु:ख दिएको भनेर लक्ष्मीमार्गबाट लगिएका धामी चिन्ता बसेको समाचार सार्वजनिक भएको थियो।

नियमित रूपमा गर्नुपर्ने काम गरेको भए त्यसलाई साधना भन्न सकिन्थ्यो तर त्यस्तो पनि होइन। यस्तै विविध घटना र धामीझाँक्रीको क्रियाकलापबारे बुझ्न उनीहरूसँग अन्तरंग हुनु आवश्यक थियो। २०६३ सालतिर यो पंक्तिकार रुकुम जिल्लाको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved