Home » विचार » Page 17
Category:

विचार

आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसँग विद्रोह गरे यताको समयावधि जनाउँछ। नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ। आधुनिकताको सवाल र अर्थ विद्वान्‌हरूले आ-आफ्नो समझअनुसार गर्छन् तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वास्थ्यको कल्याणकारी व्यवस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार मानवतावादी चिन्तनको विकाससँग जोडेर हेर्ने गरिन्छ। यसबाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ- निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसँग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र …

0 comment
0 FacebookTwitterEmail

अग्रज कलाकार केशव दुवाडी नेपाली चित्रकला र कलाशिक्षाका एक मूर्धन्य एवम् गुरु कलाकारका रूपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो। उहाँ बाँचिरहनुभएको भए पर्सी मङ्सिर १२ गते १०१ वर्षको हुनुहुने थियो। उहाँको जन्म वि.सं. १९७८ सालमा भएको थियो भने २०५३ साल पुस १८ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो। नेपाली ललितकलाका लागि उहाँको निधन ठूलै दुर्घटना भए पनि त्यस दु:खद् घडीमा त्यतिबेला खासै हार्दिक समवेदनाको सामूहिक स्वर सार्वजनिक भएको पाइएन। शिक्षण अस्पताल, महाराजगञ्जको क्याविन नं. ३०४ मा इन्तु न चिन्तुको अवस्थामा उहाँ उपचारमा रहनुभयो। अचानक रिङटा लागेपछि उहाँको मस्तिष्कमा असर परेको थियो। लगभग दुई सातासम्म उहाँको अवस्था सुध्रिने बिग्रिने स्थितिका बीच गुज्रिरह्यो। …

चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
0 comment
0 FacebookTwitterEmail

मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु । प्रत्येक वर्ष पढाउन थाल्दाका सुरुका दिनहरूमा विद्यार्थीहरू मानवअधिकारको अवधारणा पनि गौतम बुद्धबाटै सुरु भएको अनुमान गर्छन् । मेरो पुस्तक ‘बुद्ध र मानवअधिकार’ को गाता हेरेको वा शीर्षक मात्रै सुनेकाहरूमा पनि यही बुुझाइ रहेको पाइन्छ । बुद्ध र मानवअधिकार दुई बेग्लाबेग्लै विषय हुन् तर भिन्न पनि …

0 comment
0 FacebookTwitterEmail

नेता–कार्यकर्ताबाहेक आमजनतालाई नछोएझै देखिएको हालै सम्पन्न निर्वाचनको परिणामले परम्परागत नेपाली राजनीतिमा बदलावको जबरजस्त झट्का हानेको छ। २०४६ सालमा तीस वर्षे पञ्चायतलाई मिल्काएर बहुदलीय व्यवस्था पुनर्स्थापना गरेका नेपाली जनताले अर्को तीस वर्षपछि उस्तै सन्देशसहितको मतादेश दिएका हुन्।

प्रजातन्त्र पुनर्बहालीपछिको अर्को तीस वर्ष सत्ता राजनीतिमा हालिमुहाली गरिरहेका राजनीतिक दलहरूलाई सुध्रने कि सकिने सन्देश यो निर्वाचनले दिएको हो। लामो समयसम्म निरपेक्ष रहेर असन्तोष मात्र व्यक्त गरिरहेको युवा पुस्ता यस निर्वाचनमा आफैं मैदानमा उत्रियो र नसच्चिनेहरूलाई राम्रै शिक्षा दिन पनि सफल भयो। देशमा युवाले थालेको हस्तक्षेपमा बाध्यताले विदेशीभूमिमा बसिरहेका युवाहरूले घरमा रहेका बा–आमामार्फत् सघाए।

जसको पहिलो सन्देश हो– तीन महिनाअघि दल गठन गरेर राजनीतिमा …

आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
0 comment
0 FacebookTwitterEmail

मानसिक रोग प्रतिको सचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ। नेपालजस्तो देशमा त यो सजिलो छँदैछैन।

विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई ‘मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन’ भनेर बुझ्न आग्रह गरेको छ। जब कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन्।

वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संगठनले ‘होलेस्टिक हेल्थ’ भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई ‘तापत्रय’ आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो।

भौतिकभित्र शरीरिक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता …

0 comment
0 FacebookTwitterEmail

विश्व सांस्कृतिक विविधताले सिँगारिएको छ। कुनै एकल जाति, धर्म भाषा र संस्कृति भएको मुलक विश्वमा शायद कमै होला। प्राय:जसो मुलुकमा बहुजाति, बहुभाषी र बहुसंस्कृति भएका समुदायको मावनवस्ती भएको पाइन्छ। त्यस्तै बसोबास रहेको एउटा देश नेपाल पनि हो। यो हिमालको काखमा अवस्थित नेपालको आफ्नै इतिहास छ। प्राचीनकालदेखि नै ‘चार वर्ण, छत्तीस जातको साझा फूलवारी’ अर्थात् विविधताबीच एकताको सुत्रमा बाँधिएका बहुसांस्कृतिक समुदाय रहेको सुन्दर देश हो।
संस्कृति सामाजिक संस्थाको अंग हो, जसले समाज निर्माणको एउटा तत्वका रूपमा भूमिका निर्वाह गरेको हुन्छ। यो परिर्वतनशील भएकाले यसले समयनुसार निश्चित स्वरूप पनि धारण गर्छ।
मानव सभ्यता र संस्कृतिमाथि गरिएको अध्ययन र खोज अनुसार पनि समाज

संस्कृतिसँग अनौपचारिक अर्थतन्त्रको सम्बन्ध
0 comment
0 FacebookTwitterEmail

देशैभरको मतदानको प्रवृत्ति र मतदाताको उत्साह हेर्दा मतदाताहरू पुराना र ठूला भनिएका संस्थापन पक्षीय दलहरूसँग रुष्ट भएको देखिन्छ। तीसौं वर्षदेखि राज्यसत्तामा हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता दलहरूसँग उनीहरूको अनेकन गुनासा देखिए। मूलत: ती दलका नेतृत्वप्रति उनीहरूको मनभरिका गुनासा छन्।

नेपाली जनता स्वभावैले विद्रोही र प्रजातन्त्रप्रति लगाव राख्ने खालका भए पनि प्रजातन्त्रकै नाममा लामो समयदेखि पार्टी र राज्यसत्तामा राज गरिरहेका दलका नेतृत्व तहको रवैयाप्रति उनीहरूको आक्रोश छ। देशैभरका मतदाता विकल्पको खोजीमा छन् तर उपयुक्त रोजाइ फेला नपर्दा दोधारमा देखिन्छन्। ठूला दलप्रति आक्रोश छ तर नयाँ भनेर आएकाहरू प्रति भरोसा जनाउन सकेका छैनन्। यो यस …

ठूला दलसँग रिसाए मतदाता, विकल्पको बाटो खोज्दै, मत हाल्न जाने नै घटे
0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचारबिरुद्ध अनुसन्धान गर्ने संसारका निकायहरूमा नेपालको अख्तियार दुरूपयोग अनुसन्धान आयोग (यसपछि ‘अख्तियार मात्र भनिने’) कानूनी रूपले सबैभन्दा सवल निकाय हो भन्दा अतिशयोक्ति हुँदैन। यसको गठन र कार्यक्षेत्र सम्बन्धी प्रावधानहरू यति सवल छन् कि यसले नकारात्मक रूपमा चोरलाई चौतारी र साधुलाई शूली तथा सकारात्मक रूपमा साधुलाई चौतारी र चोरलाई शूली चढाउन सक्छ। २०४७ सालको संविधान यता यस्तो सवल निकाय निर्माण भएर स्वायत्त रूपमा काम गर्न थालेको पनि ३० वर्ष भइसकेको छ तर आम नागरिक र राज्यले अपेक्षा गरे अनुरूप भ्रष्टाचार नियन्त्रणमा यो निकाय खरो उत्रन नसकेको तथ्य सर्वस्वीकार्य छ। केही अपवाद कालबाहेक अख्तियारका काम कारबाहीहरूको प्रशंसा भन्दा आलोचना नै बढी भएका

चोरलाई चौतारी र साधुलाई शूलीमा पुर्‍याउन सक्ने अख्तियारलाई काम गर्न केले राेक्याे ?
0 comment
0 FacebookTwitterEmail

भारतमा इतिहास शिक्षणको वर्तमान अवस्था हेर्दा यसले भूतकालका विभिन्न घटना बारे जानकारीसम्म दिन्छ भन्ने थाहा हुन्छ । त्यसोभए के इतिहासको काम केवल भूतकालका घटनाहरूबारे जानकारी दिनु मात्र हो? सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु चाहिँ होइन ? यदि इतिहासको काम पुराना घटनाहरूको जानकारी मात्र उपलब्ध गराउने हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहास अध्ययनको लक्ष नै प्रष्ट छैन।

इतिहास शिक्षणको उद्देश्य नै प्रष्ट नहुँदा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रामाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ। यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने त्यसमा …

0 comment
0 FacebookTwitterEmail

छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल हुनुहुथ्यो। उहाँका ६ भाइ छोरा, बुहारी र नाति नातिनाहरू भएको ठूलो परिवार थियो। आमाको निधन भएपछि छोराहरूसहितका परिवारजनले आफ्नो रीति परम्परा अनुसार काजक्रियाको कर्म सके र बुबालाई सोधे – ‘अब तपाईं कहाँ, को (कुन छोरा /बुहारी ?) सँग बस्नुहुन्छ त ? वृद्ध बुबाले आँखाभरि बरर आँसु झारेर सबै छोरा, बुहारीतिर हेर्नुभयो र भन्नुभयो– ‘पख, म मेरो मनलाई सोध्छु, अनि भनुँला।’ आखिर मन के हो ? जससँग ती वृद्ध बुबाले सोध्छु भन्नुहुन्छ।
मन के हो ?
नेपाली शब्दकोषका अनुसार –“मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved