वीरगन्ज महानगरपालिकाका एक वडाध्यक्षले आइतबार राती सफाइकर्मीलाई कुटपिट गरेका छन्। महानगरपालिका वाड नम्बर २५ सिर्सियाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीले महानगरपालिकाका सरसफाइ शाखामा कार्यरत ट्याक्टर ड्राइभर नेक महमदलाई कुटपिट गरेका हुन। हेलमेट र मोबाइल प्रहारबाट घाइते भएका महमदको उपचार नारायणी केन्द्रीय अस्पतालमा गरिएको छ। वीरगन्जमा फूलपाती र अष्टमीमा दशैको मेला लाग्ने गर्दछ। मेलाबाट फोहर भएको बाटोघाटोलाई सफाइ गर्ने क्रममा राती साढे दश बजे ट्याक्टर ड्राइभरलाई कुटपिट गरेका हुन। रक्सीले मातेका वडाध्यक्ष चतुर्वेदीले वीरगन्जको आदर्शनगरमा आइतबार राती महानगरपालिकाको ना १ द २६१ नम्बरको ट्याक्टर रोकेर सफाइ काम बन्द गर भन्दै आफू र मेयरलाई तथानाम गाली गर्दै कुटपिट गरेको ड्राइभर नेक महमदले बताए। …
अनिल तिवारी /वीरगञ्ज
वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको थियो। अभियान चलाएको एक वर्ष बिते पनि प्रदूषण नियन्त्र खासै प्रभावकारी हुन सकेको छैन।
महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पटक–पटक अटेरी गर्दै आएका छन्। उनीहरूको अटेरीले गर्दा सिर्सिया प्रदूषणमुक्त अभियान नगरवासीका लागि एउटा नारा मात्रै साबित हुँदै आएको छ।
महानगरपालिकाले दसंै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नदीको प्रदूषण नियन्त्रण अभियानलाई पुनः तीव्रता दिएको छ। विशेषगरी तिहार र छठअगाडि नदी प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णयसमेत गरेको छ।
सोमबार नगर प्रमुख सिंहको …
दसैँतिहार आएसँगै वीरगन्ज आसपासको नाकाबाट तस्करी बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करीको समान प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति वा गिरोहका नाइकेहरू प्रहरीको पकडभन्दा बाहिर छन्।
यसै सिलसिलामा पर्सा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको ५१ लगभग लाखभन्दा बढी मूल्यका डेस्कटप र ल्याप्टप कम्प्युटरका पार्ट्स बरामद गरेको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेको एडी कम्प्युटर सप्लायर्समा शनिबार साँझ छापा मारी ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्युटर, ल्यापटप, हार्डडिक्सलगायतका इलेक्ट्रोनिक्स समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उक्त सप्लायर्स सञ्चालन घरबाट डेल कम्पनीको सिपियू २१० थान, मोनिटर ४२ थान, …
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मधेसी दलको भागबन्डामा परेदेखि सरुवा आतंकले कर्मचारी बिचल्लीमा परेका छन्। स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको एक महिना नपुग्दै हुने अर्को सरुवाले जनप्रतिनिलाई काम गर्न कठिनाइ भएको छ।
चाडपर्वको मुखमा आएर झनै संघीय मन्त्रीको सचिवालयले गरेको फोनले कर्मचारीलाई आतंकित बनाएको छ। संघीय सरकारको भागबन्डामा परेको जनमत पार्टीले खासगरी अहिले मधेश प्रदेशका निजामती कर्मचारीलाई सरुवाको धाकधम्की दिएको स्रोतले जनाएको छ।
चाडपर्व नजिकिँदै गर्दा जनमत पार्टीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको सचिवालयबाट बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशका कर्मचारी सरुवा गरिदिने बार्गेनिङ बढ्न थालेको छ।
स्रोतका अनुसार अहिले पर्साका …
वीरगन्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई प्रहरी सार्वजनिक गरेको छ। शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सराफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार आयोजित पत्रकार सम्मेलन हत्यामा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरिएको थियो ।
गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी सराफ, शुक्रवार बिहान घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेपछि उपचारको क्रममा उनको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकारोक्ति बयान दिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो। जिल्ला प्रहरी कार्यालयमा आयोजित …
पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा ६ जना विद्यार्थी घाइते भएका छन् । राजनीतिक पूर्वाग्रहले शिक्षक सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ। गाउँपालिका कार्यालयले शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरू आइतबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकसहित एकै पटक आधा दर्जन भन्दा बढी शिक्षकहरूलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरू गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरू घाइते भएको जनाइएको छ ।
गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबिच झडप भएको …
शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ । पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको हो । धारिलो हतियारले प्रहार गरी छपकैया की पुनम देवीको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारको लागि नेशनल मेडिकल कलेज पुर्याइएको थियो । मृतकको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन्। पुनम देवीको श्रीमान् भारत राजस्थानको ग्वालियरमा छन् । उनको …
वीरगन्ज सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) अगाडि चलिरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीहरूले राखेको तिन बुँदे माग पुरा गर्ने आश्वासन पछि आन्दोलन स्थगित भएको हो । सिर्सियावासीले छठ अगावै सबै मुआब्जा पाउने आश्वासनमा आन्दोलन स्थगित गरिएको सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताउनु भयो । पीडितहरूले धर्ना स्थगित गरेपछि सुक्खा बन्दरगाहको कामकाज बिहीबार साँझदेखि सुचारु भएको छ ।
तिन बुन्दे माग राख्दै आइतबार देखि वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह अगाडि सिर्सियावासीले आन्दोलन गरेका थिए । बुधवार देखि आन्दोलन कडा गरेपछि बन्दरगाहको सबै आर्थिक कारोबार थप्प भएको थियो ।
बिहीबार साँझ मुआब्जा सङ्घर्ष समितिका पदाधिकारी र भन्सार प्रमुख डाक्टर रामप्रसाद मैनालीबिच भएको …
वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह विस्तार गर्ने सरकारी निर्णयले सिर्सियावासीलाई ‘घर न घाटको’ बनाएको छ। थातथलोसहित सर्ने कुरा एक दशकदेखि उठे पनि सरकारी उदासिनताका कारण उनीहरु बिच्चलीमा परेका हुन्। आफ्नै सम्पतिको हक–अधिकार पाउन आन्दोलनकारी बनिनुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको गुनासो छ।
सरकारले ७ वर्षअघि अर्थात् २०७३ पुस १७ को निर्णयानुसार सिर्सिया बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकीबीच सिर्सिया गाउँसहितको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको थियो। बन्दरगाह विस्तार गर्ने सरकारको निर्णयले उठिवास लगाउने भएपछि मुआब्जाका लागी सिर्सियावासी २०७३ सालदेखि नै संघर्षरत छन्।
आइतबारदेखि वीरगन्जस्थित सिर्सिया बन्दरगाहअगाडि पुनः आन्दोलन सुरु भएको छ। पहिलो दिन तीन घन्टाबाट सुरु गरिएको कार्यक्रमलाई बढाउँदै पीडित आन्दोलनकारीहरूले चौथो दिनदेखि …
पर्साको जगरनाथपुरमा भएको महिला हत्याको कारण दुई हप्तापछि खुलेको छ। दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या चोरीको पोल खुल्ने डरले उहाँकै जेठाजुले गरेको पर्सा प्रहरीले जनाएको छ।
असोज २३ गते जगरनाथपुर गाँउपाालिका वडा नम्बर ५ मसिहानीका स्वर्गीय सनिक राउतकी पत्नी ५६ वर्षकी कान्तीदेवी बिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको विवरणसहित हत्याका आरोपित तीनै जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा मृतकका जेठाजु ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमेरिका राउत बिन रहेका …