गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ मा घोषणा भएको हो। गुगलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर पिचाइले मन्तव्य राख्दै एआई मोडल उत्कृष्ट र सक्षम हुँदै गर्दा सबभन्दा रोमाञ्चक अवसर भनेको मानिसलाई प्रत्यक्ष रूपमा संलग्न हुन उपलब्ध गराउनु रहेको बताउनुभएकाे छ। ‘बार्डका लागि हाम्रो अवसर भनेको संवादात्मक एआईमा प्रयोग हो,’ उहाँले भन्नुभयाे।
गुगलका उपाध्यक्ष सिसी हिसिओले गुगल बार्ड सबै देशमा खुला भएको र अब जापानिज र कोरियन भाषी प्रयोगकर्ता पनि यसमा जोडिन सक्ने बताउनुभयाे। हिसिओका अनुसार अन्य ४० भाषामा …
