महाभियोगको २१ बुँदे आरोपपत्रमा कतै पनि संसद् पुन:स्थापना फैसलाको चर्चा छैन। साथै निलम्बित प्रधान न्यायाधीशसँंग सोधिने भनी तयार पारिएका ४३ वटा प्रश्नमा पनि यसको उल्लेख छैन तर महाभियोगी निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने संसदीय समितिमा उनीसँग नसोधिएको त्यो फैसलाकै बारे लामोसमय बताइरहे। जसमा विपक्षी नेताको ‘अति स्तुति गान’ र सत्तापक्षको ‘अति उछितो काडिएको अवस्था बन्यो। यसले उनीलाई लागेको महाभियोग र त्यसमा प्रकटभएको भ्रष्टाचारको भारी गह्रौं हुँदै गएकाले बोकिदिने त्यतिकै ‘बलियो भरिया’ खोजिरहेका छन् भन्ने बुझाउँछ।
संसदीय सुनुवाई समितिमा सांसदका प्रश्न एकातिर र जबराका उत्तर अर्कातिर हुन गए। महमाभियोगको मूलआरोप भ्रष्टाचार हो। त्यसमा कतियप जानकारहरूले दिएका प्रमाणयुक्त विवरण थपिदै जाँदा …
