राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको जनाएको छ। गत वर्ष माघमै सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार भने नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जनसंख्या घटेको देखिन्छ।
महिलाको जनसंख्या ७ लाखले बढि
तथ्यांक अनुसार नेपालको कुल जनसंख्या मध्ये महिलाको जनसंख्या पुरुषको भन्दा वढि छ। राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८को विस्तृत विवरण सार्वजानिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड …