Home » विचार » Page 11
Category:

विचार

मुलुकमा गणतन्त्र स्थापना भएपछि तेश्रो उपराष्ट्रपतिका रुपमा  बारा– २ बाट प्रतिनिधिसभामा विजयी जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय यादवले पदभार ग्रहण गरेका छन् ।

चैत ३ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा गठबन्धन भित्रैका तीन जना उम्मेदवार मध्येका एक यादव उपराष्ट्रपति चुनिएसँगै प्रतिनिधिसभाको छैटौँ ठूलो दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा– २ बाट प्रतिनिधिसभा उपचुनाव जितेर प्रतिनिधि सभा सदस्य बन्ने अर्को लबिङमा लागि सकेका छन् । अर्थात फेरि पनि उपराष्ट्रपति पद नेताहरूको पद व्यवस्थापन कै अर्को अध्याय बनेको छ ।

संविधान अनुसार राष्ट्रपति रहेको अवस्थामा उपराष्ट्रपतिको जिम्मेवारी केही पनि छैन । तर पनि एमालेले यो पदमा उपाध्यक्ष अष्टलक्ष्मी

0 comment
0 FacebookTwitterEmail

गत भदौ २० गते यसै स्तम्भमा नेपालको संविधान नचल्ने नौ वटा कारण दिइएको थियो। त्यसमा यी चार कारण थपिएका छन्। जम्मा १३ वटा कारणले हाम्रो संविधानले काम गर्न नसक्ने भएको छ। संविधानको अपव्याख्या संविधान बनाउने मान्छेहरू नै गरिरहेका छन्। यो बडो दुःख लाग्दो कुरा हो। संविधानका आलोचकहरूले यसको कमजोरीहरू बताउनु नौलो होइन। तर संविधान यथावत राख्नु पर्छ भन्ने संविधान कै निर्माताहरूले नै यसका कमजोरीहरू बाहिर ल्याउँदै छन्। यसकारण नेपालले प्रगति गर्न नसकेको हो।

यो व्यवस्था के हो भनेर कसैलाई सोध्दा संसदीय व्यवस्था हो भनेर भन्छन्। तर के यो साँच्चिकै  संसदीय व्यवस्था हो ? संसदीय व्यवस्था …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री भनेको प्रधानमन्त्री जस्तो काम नगर्ने भयो। प्रधानमन्त्रीले मन्त्रीमण्डलका सदस्यहरू अर्थात मन्त्रीहरू फेर्न सक्नु पर्ने हो। तर नेपालका प्रधानमन्त्रीले सो काम कहिलै गर्न सकेनन्। संविधान नै यस्तो बनाइएको छ कि प्रधानमन्त्रीले प्रधानमन्त्रीको रुपमा काम गर्न सक्दैनन्।

शेरबहादुर देउवा अस्ति भरखर प्रधानमन्त्री थिए तर वास्तवमा प्रधानमन्त्री त पुष्पकमल दाहाल नै थिए। पुष्पकमल दाहाल र माधव नेपाल गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री भई दिनु पर्‍यो भनेर चिरौरी गरे। प्रधानमन्त्री हुन शेरबहादुर देउवा तैयार भए। तर शेरबहादुर देउवाले समर्थकहरू जुटाउन पुष्पकमल  दाहालको नै भर गरे।

पुष्पकमल दाहाल प्रधानमन्त्री नहुँदा प्रधानमन्त्री थिए। तर प्रधानमन्त्री भए पछि उनी पनि प्रधानमन्त्री रहेनन्। ओली र देउवालाई प्रधानमन्त्री बनाउने …

0 comment
0 FacebookTwitterEmail

लोकतन्त्रको स्तर भ्रष्टाचारको स्तरको अनुमान गर्न महत्वपूर्ण हुन्छ। विभिन्न अध्ययनहरूले सवल लोकतन्त्र हुँदा भ्रष्टाचार घटेको देखाएका छन्। भ्रष्टाचार विषयका लेखक इन्स्टे डोमिनिकका अनुसार- लोकतन्त्र जति लामो समयसम्म स्थिर हुन्छ त्यत्ति नै भ्रष्टाचार कम हुन्छ। कम्तिमा पनि १०२ बढीमा ४५ वर्षसम्म बिना अवरोध स्थिर रहेको लोकतन्त्रमा भ्रष्टाचार घटेको पाइएको छ। त्यसैगरी लोकतन्त्रका प्रारम्भिक वर्षहरूमा भ्रष्टाचार बढ्ने र ४ देखि १५ वर्षमा क्रमशः घट्दै जाने हुन्छ। उनी भन्छन्- सार्वजनिक अधिकारीसँग सम्पर्क बढाएर भ्रष्टाचार गर्न तम्सिने निजी क्षेत्रलाई नियन्त्रण गर्ने उपायहरू नवोदित लोकतन्त्रमा अभाव हुन्छ। जब लोकतन्त्र स्थिर बन्छ तब स्वतन्त्र बजारको प्रवेश पनि सहज हुँदैजान्छ र प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचार गर्ने अवसर …

0 comment
0 FacebookTwitterEmail

सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मानव सभ्यताको बहुआयामिक विकासको अभिन्न अंग भइसकेको छ । आइसिटीको विकासले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारेको छ । श्रम, शिक्षा, सूचना र मनोरञ्जनका क्षेत्रमात्र नभई सामरिक सुरक्षालगायतका संवेदनशील पक्षमा समेत आइसिटीको भूमिका बढ्दो छ । आइसिटीको विकासले आविस्कार गरेको इन्टरनेट हाम्रो परिवारको एक सदस्य जस्तै भइसकेको छ । त्यसैले इन्टरनेटलाई मानिसको प्रत्येक कृयाकलापसँग जोडिने आधारभूत विषयका रुपमा बुझ्ने गरिन्छ । इन्टरनेटमा पहुँच अब सुविधाको विषयमात्र रहेन । यो अधिकारको पक्ष भएको छ ।

विश्वभरी नै मानवअधिकारको सम्मान, रक्षा र प्रवद्र्धनमा इन्टरनेटको भूमिकाबारे सघन बहस भइरहेका छन् । विश्वव्यापी र बहुआयामिक विशेषता भएको इन्टरनेटको भूमिकाबारे …

0 comment
0 FacebookTwitterEmail

राज्यका केही आधारभूत कर्तव्य हुन्छन् । नेपालको सन्दर्भमा राज्यले यी कर्तव्यहरु बिर्सिएका छन् । राणा शासकहरुले ती कर्तव्यहरुलाई सम्झन कोशिस गरेका थिए । कम से कम राज्यले जनतालाई न्याय दिनु पर्छ भन्ने उनीहरुले बुझेका थिए । हुन त न्याय भन्नु उनीहरुको आफ्नो स्वार्थमा हानि नोक्सानि हुनु हुँदैन भन्ने थियो । तर यो कुरा अहिले भन्नु हुदैँन ।

राज्यको एउटा आधारभूत कर्तव्य त्यस देशका नागरिकको सुरक्षा हो । भारतमा कुनै दिन मोदी गुजरातको मुख्यमन्त्री थिए । उनको समयमा घोद्रा भन्ने ठाउँमा मुस्लिमहरुको आम हत्या भयो तर मुख्यमन्त्रीले उनीहरुलाई बचाउन कोशिस गरेनन् । यही कारणले अमेरिकाले उनलाई अमेरिकी भिसा नदिने निर्णय गरेको …

नेपालराज्य: आधारभूत कर्तव्य र राज्यधर्म पालना गर्न असफल
0 comment
0 FacebookTwitterEmail

२०४६ सालको परिवर्तन पछिको तत्कालिन सरकारले अघि बढाएको खुला बजार अर्थतन्त्रको नीति र सार्वजनिक संस्थानको निजीकरणको कदमलाई नेपाली अर्थतन्त्र आयातमुखी र विप्रेषणमा निर्भर हुनुको मुल कारणका रुपमा लिनेहरूको निकै ठूलो संख्या नेपालमा छ। त्यसको विकल्पमा सरकारले नै कलकारखाना खोल्नुपर्ने मत राख्नेहरू अहिले पनि छन्। यो अझैसम्म चुनावी राजनीतिको एजेण्डा समेत बन्ने गरेको छ। युवालाई वैदेशिक रोजगारीमा पठाइएको कारणले कृषि र गैर कृषि क्षेत्रमा आन्तरिक उत्पादन बढ्न नसेकेकोले बैदेशिक रोजगारीमा जानमा रोक लगाउनु पर्ने मत पनि बलीयो नै छ। विगतमा खाद्यान्य निर्यात गर्ने नेपालले अर्वौको चामल आयात गरिरहेको सन्दर्भमा अहिले भन्दा पञ्चायती व्यवस्था नै ठिक थियो भन्ने तर्कले पनि स्थान पाइरहेकै …

0 comment
0 FacebookTwitterEmail

कुनै बुढी आमैकहाँ राती बास बस्न एउटा पाहुना आउँछ। भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ।अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौ। सत्रुको बीचमा गएर लड्न थाल्ने। त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ।

चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा नायक भनिएका राजा वा राजगुरु सबैका पछाडि जोडिएको यस्तै बुढी आमाको कथा तपाईँले पनि सुन्नु भएको होला।

उमेर र अनुभवका हिसाबले भर्खरै सत्ता छोडेका रवि लामेछानेलाई “भाई” भन्दै त्यही दन्त्यकथा सम्झाउन चाहन्छ, यो पंक्तिकार। तात्‌तातो दाल भात छेउबाट खान थालौ रविभाई, बीचबाट खान शुरु गर्दा …

0 comment
0 FacebookTwitterEmail

दादुरा एक संक्रामक रोग हो  जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।

दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ  हाल सम्म अन्य जिबमा देखिएको छैन।

चिन्ह लक्षणहरू

दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन  भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ। ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने …

0 comment
0 FacebookTwitterEmail

अधिवक्ता राजु चापागाँई र साथीहरू

हामी संविधानको धारा ४८ बमोजिम राष्ट्रप्रति निष्ठावान नेपाली नागरिक हौं भने नागरिकको हैसियतले आफूपनि संविधान र कानुनको पालना गर्नेेर अरुलाई पनि पालना गर्र्ने, गराउन सकारात्मक भूमिका खेल्ने नागरिक जिम्मेवारी पुरा गर्नुपर्दछ। त्यतिमात्रै नभएर हामी संविधानवाद, कानुनी शासन, मानिवअधिकार, सुशासन र सामाजिक न्यायप्रति समर्पित सचेत नागरिकको कर्तव्य पुरा गर्न अग्रसर हुनुपर्दछ।
ऐतिहासिक संविधानसभाबाट २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामा नै समाजवाद, सामासिक न्याय, समतामूलक संवृद्धि प्राप्तीको अभिष्ट् मुखरित छ। विभन्न स्वरुपमा सदियौदेखि विद्यमान भेदभाव, वहिष्करण एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित नै विगतमा भएको सशस्त्र संघर्ष, राजनीतिक, सामाजिक, जातीय तथा क्षेत्रीय आन्दोलनहरूका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved