म्याग्दीको सदरमुकाम बेनी नगरपालिकादेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से झरना ७५ मिटर अग्लो छ। वि.सं. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो, जुन टिकट अहिले प्रचलनमा छैन।
बेनी–जोमसोम सडकको छेउमै

म्याग्दीको सदरमुकाम बेनी नगरपालिकादेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से झरना ७५ मिटर अग्लो छ। वि.सं. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो, जुन टिकट अहिले प्रचलनमा छैन।
बेनी–जोमसोम सडकको छेउमै
“हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुशी छौँ”, मार्कोसले भन्नुभयो, “आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका
युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।
यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो
भारतको उत्तर प्रदेश, आगराको ब्रह्मकुमारी आश्रममा बस्ने दुई दिदीबहिनीले एक साता अगाडि धनतेरसको रात (गत शुक्रवार १० नोभेम्बर) राती गरेको आत्महत्याले भारतका ब्रह्माकुमारी आश्रममा हलचल मच्चिएको छ, मानिसहरूले विभिन्न किसिमका प्रश्न उठाइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ३८ वर्षीय दिदी एकता सिंघल र ३२ वर्षीय बहिनी शिखा सिंघलको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा दुई वटा सुसाइड नोट पनि भेटिएको छ। यसमा माउन्ट आबु र ग्वालियरमा रहेको केन्द्रसँग सम्बन्धित दुई जनासहित चार जनामाथि उत्पीडनको आरोप लगाइएको छ। उत्पीडनका कारण आत्महत्या गरेको प्रहरीले जनाएको छ।
…सुसाइड नोटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सहयोगको लागि अनुरोध गरिएको छ। दुवै दिदीबहिनीले आफूलाई उत्पीडन
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।
हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको …
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधवार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका क्रममा दुई देशबिचको तनावपूर्ण सम्बन्धलाई सहज बनाउने उद्देश्यमा प्रगति भएको बताउनु भएको छ।
करिब दुई घण्टासम्म चलेको उक्त भेटवार्ता जनवरीमा बाइडेनले पदभार ग्रहण गरेपछि दुई नेताबिच पहिलो आमेन-सामने भेट भएको थियो। दुई राष्ट्रपतिले रुस-युक्रेन युद्ध, इजरायल-हमास युद्ध, कोभिड–१९ महामारी, जलवायु परिवर्तन, व्यापार र मानवअधिकारलगायत विभिन्न विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।
बाइडेनले सीसँगको भेट “स्पष्ट, खुला र फलदायी” भएको र दुई देशबिचको मतभेद र प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै आपसी हितका क्षेत्रमा सहयोग गर्न सहमत भएको बताउनु भएको छ। उहाँले …
सस्तो तर असुरक्षित सवारीसाधन टेम्पो दुर्घटनाका बुधबार राती भएका दुई छुट्टाछुट्टै घटनामा अछाम र सुनसरीमा तीन जनाको मृत्यु हुनुका साथै सातजना घाइते भएका छन्। खतरनाक पहाडी बाटोमा तीब्र गति, अनावश्यक स्थानमा ओभरटेक गर्ने, चाँडै पुग्ने प्रतिस्पर्धा, मदिरा पिएर सवारी चलाउने लगायतका लापर्वाहीले दुर्घटना बढी भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।
अछामको समाचार अनुसार टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक …
नेपालीहरूको महान् चाड तिहारको रमझम पूर्वका सहरदेखि पश्चिमका सहर तथा गाउँघरसम्म छाएको छ। देउसीभैलीको रमाइलोले आँगन भरिने बेला जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरू भने दुःख र त्रास दुवै झेल्न बाध्य छन् ।
चिसो सिरेटोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन्।
भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन्। जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै …
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।
“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र …
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ को एउटा घरमा जीप ठोक्किदा सात जनाको मृत्य भएको छ। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप अनियन्त्रित भई देवचुली नगरपालिका–९ गोरेघुम्तीमा सडक छेउको घरमा ठोक्किएको थियो।
आइतबार भएको सो दुर्घटनामा परी तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ।
घटनास्थलमै मृत्यु भएका छ जनामध्ये …
सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com