

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो ।
“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उहाँले भन्नुभयो ।…
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमणमा निस्कनु अगाडि २६ अक्टोबरका दिन आर्टिफिसियल ईन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) को अन्तर्राष्ट्रिय नियमन (गर्भेनेन्स) सम्बन्धी ३९ सदस्यीय सल्लाहकार निकायका सदस्यहरूको घोषणा गर्नुभएको छ ।
आर्टिफिसियल ईन्टेलीजेन्सको सकारात्मक फाइदाहरूलाई प्रोत्साहन गर्न र त्यसबाट आउने जोखिमहरूलाई घटाई मानवीयताको पक्षलाई जोगाउन अन्तर्राष्ट्रिय बहस सिर्जना गर्न सो निकायले योगदान गर्ने विश्वास राष्ट्र सङ्घको छ ।
गत सेप्टेम्बर महिनामा सम्पन्न राष्ट्र सङ्घीय साधारण सभाले यस प्रविधिको बारे एक साझा विश्व दृष्टिकोण सिर्जना गरी यस सम्बन्धी नियमनका सिद्धान्तको रूपरेखा तय गर्न एक सल्लाहकार निकाय गठन गर्ने निर्णय लिएको थियो ।
सो सल्लाहकार निकायका, सदस्यहरूमा विभिन्न क्षेत्रको प्रतिनिधित्व समेटिएको छ …
रुपन्देहीको पहाडी जिल्लामा मात्रै सीमित सराय नाच पछिल्लो समय रुपन्देहीको मुख्य बजारको रूपमा रहेको बुटवलमा पनि स्थापित बन्दै गएको छ ।
दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराय नाचको आयोजना गर्ने गरेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच विगत १२ वर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको हो ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, त्यस्तैसरि बागलुङ र स्याङ्जामा यो नाच निकै प्रख्यात छ । पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरूले परम्परा जोगाउने उद्देश्यले नाच मार्फत बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरूप भाला, खुकुरी,तरबार नचाएर दिनभर
पछिल्लो इजरायल – हमास युद्धका कारण रिपोर्टिङ कार्य क्षेत्रमा हालसम्म सत्ताइस पत्रकारहरू मारिएका छन् । मारिने पत्रकारहरूमा २२ जना प्यालेस्टाइनी, ४ जना इजरायली र एक जना लेबनानी पत्रकार रहेका छन् ।
युद्ध क्षेत्रको समाचार सङ्कलनका क्रममा घाइते हुने सञ्चारकर्मीको संख्या आठ पुगेको छ भने नौ जना पत्रकारहरू हराइएका र बन्दी बनाइएको सूचीमा छन् ।
यस्तै दर्जनौं पत्रकारहरू दुर्व्यवहार, गिरफ्तारी, धम्कीको मारमा परेका छन् । साइबर आक्रमण र सेन्सरसिपको मारमा इजरायल र प्यालेस्टाइनी पत्रकारहरू तथा सञ्चारमाध्यमहरू मात्र परेका छैनन्, सयौँको सङ्ख्यामा विदेशी मिडिया र सञ्चारकर्मीहरू पनि साइबर आतङ्कको मारमा परेका छन् ।
युद्धको कारण मिडिया क्षेत्रमा परेको सङ्कटको अनुगमन गर्ने अन्तराष्ट्रिय …
एसियाका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको छ। बजार मूल्यका हिसाबले भारतको सबैभन्दा मूल्यवान् कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसँग २० करोड रुपैयाँ (लगभग २७ लाख अमेरिकी डलर) माग्दै एक अज्ञात व्यक्तिबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको बताइएको छ ।
प्रहरीका अनुसार, इमेल बिहीबार साँझ रिलायन्स इन्डस्ट्रिजको आधिकारिक आइडीमा पठाइएको थियो, यसमा अम्बानीलाई १५ दिन भित्र फिरौती तिर्न असफल भएमा “भारतका सर्वश्रेष्ठ शूटरहरू” मार्फत मार्ने धम्की दिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
सञ्चार माध्यमका अनुसार, अम्बानीको व्यक्तिगत विवरणहरू, जस्तै उनको फोन नम्बर, ठेगाना, गाडी नम्बर, र दैनिक दिनचर्यामा आफ्नो पहुँच
सुलतान इब्राहिमलाई मलेसियाको १७ औँ राजा घोषणा गरिएको छ। देशको संवैधानिक राजतन्त्रको एक महत्त्वपूर्ण अवसरको रूपमा घोषणा गरिएको बताइएको छ।
आफ्नो बलियो नेतृत्व र परोपकारी कार्यहरूको लागि परिचित सुलतान इब्राहिम, महत्त्वपूर्ण आर्थिक र सामाजिक चुनौतीहरू मार्फत नेभिगेट गरिरहेको समयमा मलेसियाको सिंहासनमा आरोहण गरेका छन्। राजाको रूपमा उनको नियुक्तिलाई समृद्ध र एकताबद्ध राष्ट्रको लागि उनको दृष्टिकोणमा विश्वास गर्ने धेरै मलेसियनहरूका लागि आशाको किरणको रूपमा हेरिएको छ।
सुलतान इब्राहिम धेरै वर्षदेखि मलेसियाको राजनीतिमा एक प्रमुख व्यक्तित्वका रूपमा चिनिन्छन्। सार्वजनिक सेवामा उनको समर्पण र जनताको हितप्रतिको प्रतिबद्धताले उनलाई व्यापक सम्मान र प्रशंसा प्राप्त हुँदै आएको छ। मलेसियालीहरूको जीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले धेरै …
जलवायु परिवर्तनले पारेको नकारात्मक असरका बारेमा विश्वको ध्यान तान्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ गते नेपाल आउन लाग्नु भएको बताइएको छ। यसकै लागि महासचिव गुटेरेसलाई पोखरा तथा अन्नपूर्ण बेस क्याम्प (एबीसी) मा लाने कार्यक्रम राखिएको हो। इजरायल-प्यालेष्टिन युद्धका कारण भ्रमण रद्द हुनु अगाडीको कार्यक्रमा महासचिव गुटेरेसलाई सगरमाथा आधार शिविर पनि लाने कार्यक्रम थियो। तर अहिले त्यो योजना कार्यक्रमबाट हटाइएको छ। चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसलाई पाटन दरबार स्क्वाएर क्षेत्र तथा लुम्बिनी पनि घुमाइने कार्यक्रम छ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले …
हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ। बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम भाषामा पुरेत, पुजारी, बाजे, गुरुलगायत भाषामा सम्बोधन गरिने पुरोहितको आवश्यकता हुने गरेको छ। जन्म कुण्डली बनाउने देखि ग्रह दोष निवारण गरी जीवनशैलीलाई उत्कृष्ट बनाउन ज्योतिष विज्ञान प्रति ठुलाबडाहरूको त्यतिकै आकर्षण बढ्दै गएको छ। ज्योतिष पण्डित अथवा पूजापाठ गराउने पुरोहित पेसाको माग दिन प्रतिदिन बढ्दै गए पनि माग अनुसारको पुरोहित पाउन तराईमा गाह्रो हुने गरेको छ।
संस्कृत भाषाको अध्ययन–अध्यापन कमीले तराईका आकलझुकल परिवारको युवाहरू अध्ययनको लागि भारत जाने गरेका छन्। खास गरेर दसैँ तिहार जस्ता पर्वहरूमा …
पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो संस्थाले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने बताउनु भएको छ।
पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने आचार्य बालकृष्णले बताउनु भयो।
नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाई छ। नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण्ण रहेको रहेको …
सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com