रुपन्देहीको पहाडी जिल्लामा मात्रै सीमित सराय नाच पछिल्लो समय रुपन्देहीको मुख्य बजारको रूपमा रहेको बुटवलमा पनि स्थापित बन्दै गएको छ ।
दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराय नाचको आयोजना गर्ने गरेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच विगत १२ वर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको हो ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, त्यस्तैसरि बागलुङ र स्याङ्जामा यो नाच निकै प्रख्यात छ । पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरूले परम्परा जोगाउने उद्देश्यले नाच मार्फत बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरूप भाला, खुकुरी,तरबार नचाएर दिनभर
