हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ। बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम भाषामा पुरेत, पुजारी, बाजे, गुरुलगायत भाषामा सम्बोधन गरिने पुरोहितको आवश्यकता हुने गरेको छ। जन्म कुण्डली बनाउने देखि ग्रह दोष निवारण गरी जीवनशैलीलाई उत्कृष्ट बनाउन ज्योतिष विज्ञान प्रति ठुलाबडाहरूको त्यतिकै आकर्षण बढ्दै गएको छ। ज्योतिष पण्डित अथवा पूजापाठ गराउने पुरोहित पेसाको माग दिन प्रतिदिन बढ्दै गए पनि माग अनुसारको पुरोहित पाउन तराईमा गाह्रो हुने गरेको छ।
संस्कृत भाषाको अध्ययन–अध्यापन कमीले तराईका आकलझुकल परिवारको युवाहरू अध्ययनको लागि भारत जाने गरेका छन्। खास गरेर दसैँ तिहार जस्ता पर्वहरूमा …
